|
प्रतीकात्मक तस्वीर

काठमाडौं : आगामी भदौको अन्तिम साता ‘डोल्पो महोत्सव’ आयोजना हुने भएको छ।

डोल्पो महोत्सव मूल आयोजक समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी भदौको २४ गतेदेखि २८ गतेसम्म सो महोत्सव आयोजना गर्न लागिएको जानकारी गराएको हो। डोल्पाको आर्थिक तथा सामाजिक क्षेत्रको विकास गर्ने उद्देश्यका साथ सो महोत्सव आयोजना गर्न लागिएको समितिका संयोजक ग्याल्पो थापा भोटेले जानकारी दिए।

डोल्पास्थित डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र भागमा रहेको क्रिस्टल माउन्टेन विद्यालयको प्रांगणमा सो महोत्सव आयोजना हुनेछ। समितिले सो महोत्सवले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि सहयोग पुर्‍याउने विश्वास लिएको छ। डोल्पाको पर्यटन प्रवर्द्धनमा पनि सो महोत्सवले उल्लेख्य योगदान पुर्‍याउने अपेक्षा पनि गरिएको संयोजक भोटेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.