समाज : सुरक्षा/अपराध

सासूको हत्या आरोपमा ज्वाइँ पक्राउ

असार ३१, २०७६

    अर्घाखाँची : अर्घाखाँचीमा मदिरा सेवन गरी ज्वाइँले सासूको घाँटीमा डोरीले कसेर हत्या गरेका छन्। दाङ जिल्ला राप्ती गाँउपालिका २ लालमटिया घर भएका जेठा ज्वाइँ २९ वर्षीय वसन्त कुमालले  ससुराली आएका बेला अर्घाखाँची सितगंगा ८ सातमारा बस्ने  सासू ४३ वर्षीय ईन्द्रा कुमाललाई घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीले जनाएको छ।

    माइतीमा रहेकी श्रीमतीलाई लिन असार २९ गते ससुराली आएका अभियुक्त वसन्त सोमबार राति सासू र आफूसँगै बसेर मदिरा सेवन गरेका थिए। सोही समयमा झगडा हुँदा रिसको झोकमा घाँटीमा डोरीले कसेर हत्या गरेपछि भान्साकोठामा बारेको बाँसको चिरपटमा सासूलाई झुन्डाएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

    प्रहरीका अनुसार सासूको हत्यापछि अभियुक्त कुमालले सासू झुन्डिएको भन्दै गाउँलेलाई बोलाएका थिए। घटनास्थलमा गाउँले आउँदा कुमाल भागेर नजिकै आफन्त कहाँ गएर बसेका थिए। उक्त विषयमा सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक गणेश बहादुर नरालको नेतृत्वमा गएको प्रहरीको टोलीले अभियुक्त कुमाललाई पक्राउ गरेको छ। प्रहरीले अभियक्त कुमाललाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]