|

जनकपुरधाम : प्रदेश २ सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेट आजको प्रदेशसभा बैठकबाट सर्वसम्मत रुपमा पारित भएको छ। असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री विजय यादबले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट प्रस्तुत गरेका थिए।

प्रमुख प्रतिपक्ष नेकपाकी सांसद सरिता गुरुङ र कांग्रेस सांसद शिवचन्द्र चौधरीले खर्च कटौतीको प्रस्ताव फिर्ता लिएपछि बजेट सर्वसम्मत रुपमा पारित भएको हो। बजेट प्रस्तुत गर्दा प्रतिपक्षी नेकपा र कांग्रेसका सांसद मात्र नभएर सत्तापक्षकै कतिपय सांसद असन्तुष्टि पोखेका थिए।

बजेटमाथि भइरहेको छलफलमा मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरु दिएको जवाफ सन्तोषजनक रहेको भन्दै प्रतिपक्षी दलका सांसद गुरुङ र चौधरी खर्च कटौतीको प्रस्ताव फिर्ता लिएका थिए। उनीहरूले मुख्यमन्त्री र मन्त्रीले गरेको प्रतिबद्धता पूर्ण रुपमा कार्यान्वयन हुनुपर्ने धारणा राखेका छन्।

प्रदेश सरकारले अबण्डा रकम राखेर फेरि पनि कार्यकर्तालाई योजना बाँडेर भ्रष्टाचार गर्न खोजेको भन्दै प्रतिपक्षी दलका सांसद असन्तुष्ट बनेका थिए। सांसदले अवण्डा रकम बजेटबाट हटाएर शीर्षक राखेर बजेट विनियोजन गर्नुपर्ने माग राखेको थियो। आर्थिक मामिला तथा योजना मन्त्री विजय यादबले अबण्डा रकमले आफ्नै चित नबुझेको बताए।

‘अवण्डा रकम बजेटबाट हटाउन संविधान नै संशोधन गराउनुपर्छ’, उनले भने, ‘तर मेरो मन्त्रालयमा अवण्डा रकम खर्च भए पनि कार्यकर्तालाई बाँड्ने छैन।’ उनले प्रदेश विकास बैंक स्थापना गर्न अवण्डा शीर्षकमा राखिएको रकम खर्च गरिने बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.