राजनीति

नेकपाको एकता प्रक्रिया टुँगियो, साउन ५ गते औपचारिक घोषणा
SHARES

file Photo
असार ३१, २०७६

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुँगिएको छ। तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण भएर बनेको नेपाल कम्यूनिष्ट पार्टी नेकपाले एकीकरण भएको एक बर्षभन्दा बढी समयपछि पूर्णता पाएको हो।

    मंगलबार पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा विशेष प्रदेश, केन्द्रीय आयोग, विभाग, सल्लाहाकार परिषद् लगायतका सबै विषयमा सहमति जुटेको नेकपा स्रोतले जनाएको छ। मंगलबारको बैठकमा साउन ५ गते सचिवालय बैठक बसेर एकता प्रकृया टुँगो लागेको औपचारीक घोषणा गर्ने निर्णयसमेत भएको छ।

    अध्यक्षद्वयबीच भएको छलफलमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलसमेत सहभागी रहेका थिए। मुख्य दुइ वामपन्थी नेकपा एमाले र माअवादी केन्द्रवीच २०७५ जेठ ३ गते पार्टी एकीकरणके घेषणा गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]