|

इलाम : इलामको सूर्योदय नगरपालिकामा कुदिरहेको भेनमा एक्कासी आगलागी  भएको छ। साँझ साढे ७ बजेको समयमा फिक्कलबाट पशुपतिनगरतर्फ जाँदै गरेको हिमाल घिसिङको मे १ ज ६७९ नम्बरको मारूती भेनमा एक्कासी आगो भएको हो।

आगलागीबाट गाडीमा पूर्णरूपमा क्षति पुगेको प्रहरीले जनाएको छ। सूर्योदय नगरपालिकाको दमकल, प्रहरी र स्थानीयले २० मिनेटमा आगो नियन्त्रणमा लिएका थिए। गाडीमा मंगलबार (आज)मात्र बाइरिङ गरिएको थियो। सोहि कारणले आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.