|

काठमाडौः काठमाडौं महानगरपालिकाले महानगरभित्र फोहोर संकलन गर्ने निजी संस्थाहरूलाई दर्ता गर्ने भएको छ। महानगरभित्रका फोहोर निजी संस्थाले आफूखुशी संकलन गर्दा एकातिर समन्वय नभएको र अर्कातिर राजश्व नआएको भन्दै महानगरले निजी संस्था दर्ता प्रक्रिया अघि बढाउन लागेको छ।

निजी कम्पनीले दैनिक ८० देखि १०० टिपर फोहोर सिसडोलमा विसर्जन गर्दै आएका छन्। उनीहरूले त्यसरी विसर्जन गरेको फोहोरवापत काठमाडौं महानगरपालिकालाई प्रतिटिपरको रु ३५० बुझाउने गरेका छन्। उनीहरूले दिने सेवा र लिने शुल्कमा एकरुपता ल्याउनका लागि पनि सूचीकृत गर्न लागिएको महानगर वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए। उनका अनुसार निजी महानगरले संस्थालाई गर्ने छ। संस्थालाई कामको वितरण गर्न सजिलो हुनेछ।

महानगरपालिकाका ३२ वडामध्ये अहिले आठ वडामा महानगरपालिका आफैँले र २४ वडामा निजी संस्थाले फोहर संकलन गर्दै आएका छन्। कतिपय संस्थाले फोहरको वर्गीकरणसमेत शुरु गरेको उनले बताए।

काठमाडौं महानगरपालिकाले दैनिक ३५० मेट्रिकटन फोहर आफैँ संकलन गरेर सिसडोलमा व्यवस्थापन गर्दै आएको प्रमुख श्रेष्ठले जानकारी दिए। सो कार्यका लागि महानगरपालिकासँग आफ्नै २१ टिपर छन्। काठमाडौं उपत्यकाका १८ पालिकाले सिसडोलमा फोहोर विसर्जन गर्दै आएका छन्। सरकारले फोहोर विसर्जनका लागि नुवाकोट जिल्लाकै बञ्चरेडाँडामा ल्याण्डफिल साइट निर्माणको  लागि प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.