|

नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले मलेसिया भ्रमणमा छ। अस्ट्रेलियामा २०२० मा हुने टी–२० विश्वकप छनौटको प्रारम्भिक चरणमा रहेको नेपाली टिम पुनः एकपटक टी–२० विश्वकपमा छनोट हुने लक्ष्यसहित अभ्यासमा छ। उमेश पट्वालको प्रशिक्षणमा रहेको नेपाली टिमले बलिया राष्ट्रसँग 'एक्सपोज'को मौका नपाए पनि अहिले जसरी तयारी गरेको छ, त्यसमा नेपाल आफू समानका प्रतिद्वन्द्वीमाथि जित निकाल्दै कम्तीमा ग्लोबल छनोटसम्म आफूलाई पुर्‍याउन चाहन्छ।

त्यसोत, नेपाली राष्ट्रिय टिमले मलेसियाविरुद्ध पहिलो अन्तर्राष्ट्रिय टी–२० सिरिज 'ह्वाइटवास' गर्‍यो। दुई खेलको सिरिजमा नेपाललाई मलेसियाले निकै चुनौतीपूर्ण दबाब दियो। त्यसैले पनि नेपाल कम्तीमा सचेत छ, अबको विश्वकप यात्रा त्यति सहज छैन् भनेर। सीमित प्रतियोगिता र कमजोर घरेलु संरचनाबीच नेपालको लक्ष्य भने विश्वकपमा फेरि एकपटक प्रवेश गर्नेछ। त्यसैले पनि नेपाल अभ्यासमा जोड्तोडले लागेको छ।

यस्ता छन् प्रतिद्वन्द्वि

नेपालले एसियन रिजनल क्वालिफायरअन्तर्गत हुने खेलमा आयोजक सिंगापुरसँगै कुवेत, मलेसिया र कतारसँग प्रतिष्पर्धा गर्नेछ। प्रतियोगिता २२ जुलाईबाट सुरु हुँदा नेपालले आफ्नो पहिलो खेलमा २३ जुलाईमा कतारविरुद्ध प्रतिष्पर्धा गर्दैछ। समूहको विजेताले युएइमा आगामी अक्टोबरमा हुने विश्वकप छनोटमा एसियाबाट स्थान बनाउने छ। त्यसैले नेपालका लागि प्रतियोगितामा निर्विकल्प समूह विजेता बन्नुबाहेक कुनै विकल्प छैन्। त्यसैले पनि नेपाल सिंगापुर प्रस्थान गर्नुअघि मलेसियामा अभ्यासको सबै खाले प्रयास गरिरहेको छ।

अभ्यास खेलका कमजोरी सुधार्ने मौका

नेपाली टिमका कप्तान पारस खड्का र प्रशिक्षक पट्वालले मलेसियाविरुद्ध भएको सिरिजका दौरान राष्ट्रिय टिमले गरेको गल्ती र कमजोरी सुधार्ने कार्य भइरहेको बताए। कप्तान खड्का भन्छन् ‘हाम्रा लागि यो विश्वकपको महत्वपूर्ण खुट्किलो हो। यसलाई हामी खेर जान्न दिन्नौं। त्यसोत यो एउटा ठूलो 'एक्सपोज'को आधार तयार गर्ने ठाउँसमेत हो। त्यसैले हाम्रा कमजोरीलाई सुधारेर अघि बढ्ने प्रयास गरिरहेका छौं।’

त्यस्तै पट्वाल भन्छन् ‘हाम्रा लागि एउटा महत्वपूर्ण अवसर संघारमा छ। अब त्यसको तयारी गर्न हामीसँग धेरै समय छैन्। जति छ त्यसमा हामी सतप्रतिशत प्रयास गरिरहेका छौं। सुरुवातबाटै कुनै गल्ती नगरी अर्को चरण पुग्ने हाम्रो मुख्य लक्ष्य रहने छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.