|

पोखरा  : हेर्दा ठ्याक्कै कलम जस्तै तर, अलिक मोटो । हामीले लेख्दा कलमको सुइरो निकाल्न प्रयोग गरिने स्थानमा ट्रिगर पनि छ । बुधबार कास्की प्रहरी सार्वजनिक गरेको कलमले सुइरो निकाल्दैन, निकाल्छ गोली। हेर्दा ठ्याक्कै कलम जस्तै देखिने यो हतियार हो 'पेन गन'।

पोखरा महानगरपालिका-२४ कास्कीकोट घर भई हाल पोखरा-७ मासबारमा बस्दै आएका सागर रानाभाटसँग यस्तो हतियार भेटिएको हो । लागुऔषध दुर्व्यसनी उनी ओसारपोसार, बिक्री वितरणमा संलग्न रहेको खुलेको छ । उनी हतियारसमेत बोकेर हिँड्ने गरेको सूचनाको आधारमा कास्की प्रहरीले अनुसन्धान थालेको थियो । 

प्रहरीले निगरानी बढाएर उनले हातहतियारको कारोबार गर्ने पत्ताला गेपछि गत असार ३० गते सोमबार नियन्त्रणमा लिएको थियो । रानाभाटको डेराबाट केही थान लागूऔषध प्रहरीले बरामद गरेको छ । रानाभाटलाई पक्राउ गरी अनुसन्धान अघि थालिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.