|
तस्विर : साज गिरीको फेसबुकबाट

काठमाडौं : नेपालमा बनेको गोल्डस्टार ब्राण्डको जुत्ता अष्ट्रेलिया पुगेको छ। अष्ट्रेलियाको सिड्नीमा नेपालीहरूले 'गोल्डस्टार' पुर्‍याएका हुन्।  

सिड्नीमा गोल्डस्टारको आधिकारिक शोरुम हालै शुभारम्भ गरिएको हो। सिड्नीमा गोल्डस्टारको शोरुम खुलेसँगै अष्ट्रेलियामा बस्नै आएका नेपाली समुदायले नेपाली उत्पादन 'गोल्डस्टार' जुत्ताका विभिन्न मोडल खरिद गर्न पाउनेछन्।

नेपाली व्यवसायीहरू प्रदीप साह सुडी, रइसराज सत्याल र रोशन कायस्थको संयुक्त लगानीमा सिड्नीमा गोल्डस्टार जुत्ताको अधिकारिक शोरुम सञ्चालनमा ल्याएका हुन्।

अष्ट्रेलियाको इतिहासमै संघीय संसदमा उम्मेदवारी दिएका दोस्रो पुस्ताका नेपाली लिबरल युवा नेता पीजे श्रेष्ठले एक कार्यक्रमका बीच गोल्डस्टार शोरुमको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा नेपाली समुदायका विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो।

शोरुममा नेपालको प्रतिष्ठित किरण शुजले उत्पादन गरेका गोल्डस्टार ब्राण्डका सबै जुत्ता र चप्पल उपलब्ध रहेको शोरुमकी संचार संयोजक साज गिरीले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.