|

कृष्ण बहाब भट्टराई

इटहरी : मोरङको बेलबारी नगरपालिकाले वैशाख महिनाभित्र विकास निर्माण सक्नु पर्ने निर्णय गरेको छ।असारमा अधिकांश बजेट खर्च गर्ने परम्परालाई रोक्न वैशाखसम्ममा विकास निर्माणको काम सक्नुपर्ने निर्णय नगरसभाले घोषणा गरेको हो।

आगामी आर्थिक वर्षको ०७६/०७७ को बजेट तथा नीति र कार्यक्रमसँगै मङ्गलबारको नगरसभाले वैशाखसम्म बजेट खर्च गर्नुपर्ने निर्णय गरेको हो।

‘देशभर बर्खा लागेपछि मात्रै विकास बजेट खर्च गर्ने प्रवृत्ति छ’ बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीले भने, ’त्यसलाई अन्त्य गर्न वैशाखसम्ममा नै योजना सक्काउनु पर्ने बाध्यात्मक निर्णय गरेका हौँ।’

नगरपालिकाले गर्भवती महिलाको निःशुल्क गर्भपरीक्षण साथै असहाय र बेवारिसेको मृत्यु हुँदा दाहसंस्कार गरिदिने भएको छ।

नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि १ अर्ब ९१ लाख ९० हजार बराबरको बजेट विनियोजन गरेको छ। चौथो नगरसभामा नगरपालिकाले पूँजीगततर्फ ४२ करोड ५० लाख ५८ हजार र चालुतर्फ ५८ करोड ४१ लाख ३२ हजार बिनियोजन गरेको छ।

लोहोन्द्रा र चिसाङ खोलामा तटबन्ध, हुलाकी मार्ग कालोपत्रे, पेट्रोलखानीको उत्खनन र शीतभण्डार निर्माण गर्न पनि नगरपालिकाले बजेट छुट्याइएको छ। 

कृषिलाई यन्त्रिकरण गर्न, निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न आवश्यक काम गरिने र खेलकुद विकासका लागि कभर्ड हल तथा रङ्गशाला निर्माण गर्न प्रदेश तथा संघीय सरकारसँग रकम माग गरिने उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.