|

म्याग्दी : मालिका गाउँपालिकाको रुम र छिमेकी बागलुङको ताराखोलाको सिमानमा अवस्थित डुडेलेक प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।

 जिल्लाकै अति विकटमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण लेकमा रहेको चुचुरोको प्रचुर पर्यटकीय सम्भावना भए पनि आवश्यक पूर्वाधार र प्रचारप्रचारको अभावमा ओझेलमा परेको हो।

गाउँपालिकाको वडा नम्बर २ रुमको बेली गाउँबाट करिव ५ घण्टाको दुरीमा रहेको डुडेलेकबाट विभिन्न हिमश्रंखला, मालिका गाउँपालिकाको अधिकांश भूभागका साथै मंगला गाउँपालिका र बागलुङ जिल्लाका विभिन्न बस्ती समेत देखिन्छन्।

बहुमुल्य जडीबुटी, भीर मौरी, लालीगुँरास सहितका बनस्पती समेत प्रशस्तै पाईने रुम बेलीका तुलप्रसाद पुनले बताए। जडिबुटी र पर्यटनका लागि अत्यन्त महत्वपूर्ण स्थान भएपनि सरकारी निकायबाटसहयोग नभएको गुनासो गरिएपछि मालिका गाउँपालिकाले स्थलगत अनुगमन सहित प्रचारप्रसारको तयारी समेत गरेको छ।

लेकलाई धार्मिक, पर्यटकीय तथा मह शिकारको गन्तव्य बनाएर आन्तरिक पर्यटकलाई भित्र्याउन सकिने भएकाले गाउँपालिकाले पूर्वाधार विस्तारमा समेत बजेट विनियोजनको तयारी गरेको अध्यक्ष श्रीप्रसाद रोकाले बताए। उनले पदमार्गका लागि करिव ३ लाख बजेट समेत विनियोजन गरिएको जानकारी दिए। ‘त्यस ठाउँ जडिबुटी र पर्यटनको प्रचुर सम्भावना रहेको क्षेत्र हो। वैशाख महिना भित्र त्यहाँ पुग्ने योजना छ’ रोकाले भने।

गाउँपालिका भित्रका हरेक वडामा रहेका सम्भावनालाई प्राथमिकता दिएको अध्यक्ष रोकाको भनाइ छ। विकट लेकमा मृग, रतुवा सहितका वन्यजन्तु समेत देखिन्छन्। लेकमा हरेक वर्ष जेठको २० गते विशेष पुजाआजा सहित मेला समेत लाग्ने गर्दछ। लेकमा रहेको शिवमन्दिरमा पुजागर्न रुम, ओखरबोट सहित बागलुङबाट मनोकामना पुरा हुने जनविश्वासका साथ मानिसहरु आउने गर्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.