|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलाम शाखाको पहिलो बैठकले जिल्ला कार्यालय र जिल्ला सचिवालय गठन गरेको छ।

बैठकले सात सदस्यीय जिल्ला कार्यालय र ४३ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन गरेको  हो। जिल्ला कार्यालयमा जिल्ला कमिटी अध्यक्ष रामबहादुर मगर (राना) र सचिव सोममाया राई (सिन्धु) सहित सदस्यहरू भक्त केसी, महेश बस्नेत, तेजबहादुर राई (विजय), शान्ता बस्नेत र उमेश गुरुङ रहेका छन्।

त्यस्तै, सचिवालयको सदस्यहरूमा जिल्ला कमिटी अध्यक्ष मागर तथा सचिव राई (सिन्धु)सहित भक्त केसी, महेश बस्नेत, तेजबहादुर राई (विजय), शान्ता बस्नेत, उमेश गुरुङ, गणेशप्रसाद बराल, टेकबहादुर राई, कृष्णप्रसाद श्रेष्ठ, राजकुमार राई, धनकुमार राई, उदयबहादुर राई, नरेन्द्रनाथ भट्टराई, कुमार बराइली, ओमनारायण खनाल, छविलाल आचार्य, शोभा पराजुली, नवराज शङ्कर, दीपक सेन्चुरी, तेजमाया गुरुङ छन्।

त्यस्तै, कवीरमान राई, देवेन्द्र शंकर, चित्रकला बराइली, सुकबहादुर लावती, सूर्य पोख्रेल, दीपेन्द्र खनाल, जीवन शर्मा, यामबहादुुर राई, राजकुमार थापा, बुद्धि खनाल, लक्षुमण राई, किरणकुमार राई, गोविन्द न्यौपाने, रणबहादुर राई, श्रीमान् राई, हरिबाला राई, अशोक प्रधान, तारा गुरुङ, न्युसन राई, जसबहादुर लङ्गेली, श्यामकृष्ण घिमिरे र भोजप्रसाद खतिवडा रहेका छन्। बैठकले कार्यालय सचिवमा नवराज शंकरलाई  चयन गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.