एक वर्षमा गरियो ७७ अर्ब खर्च

|

काठमाडौं : सरकारले उच्च प्राथमकितामा राखेर २१ वटा राष्ट्रिय गौरवका आयोजना चालु आर्थिक वर्षको खर्च बढेको देखिएको छ। राष्ट्रिय गौरवका आयोजनामा सरकारको तर्फबाट कुनै समस्या पर्न नदिने र अन्य समस्यामा पनि समन्वय गरी तोकिएकै सीमाभित्र आयोजना निर्माण गर्ने विषयमा पटक पटक प्रतिबद्धता जनाइए पनि खर्च नै कम छुट्याउने र छुट्याएको खर्चसमेत कम हुने गरेको छ।

आर्थिक वर्ष २०७५/७६ मा भने तुलनात्मक रुपमा खर्च बढेको छ। राष्ट्रिय गौरवका आयोजनामा विनियोजन गरिएको बजेटमा ८९ प्रतिशत खर्च भएको छ भने ११ प्रतिशत खर्च हुन सकेको छैन।

चालू आर्थिक वर्षको छ महिनामा विनियोजित बजेटको खर्च २८.६ प्रतिशत मात्रै खर्च भएकोमा पछिल्लो छ महिनामा ६१ प्रतिशत खर्च बढाएको छ। पछिल्लो समय प्रधानमन्त्रीले समेत विशेष चासो देखाउन थालेपछि खर्च बढेको आयोजना प्रतिनिधिहरूको भनाइ छ। गतहप्तादेखि राष्ट्रिय गौरवका आयोजना सिंहदरबारबाट नै अनुगमन गर्न सकिने संयन्त्र सुरु गरिएको छ। 

समग्रमा ८८ अर्ब ५५ करोड रुपैयाँको रकम विनियोजन गरिएकोमा ७७ अर्ब ८६ करोड ६१ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यलले जनाएको छ। 

कहाँ कति बजेट कति खर्च ?

गत आर्थिक वर्षमा राष्ट्रिय गौरवका २१ मध्ये १९ आयोजनामा बजेट विनियोजन गरिएकोमा केही आयोजनामा विनियोजन गरिएको ५० प्रतिशत पनि खर्च भएको छैन भने दुई सय प्रतिशतभन्दा बढी खर्च भएको देखिएको छ। 

आयोजना

बजेट(लाखमा)

 खर्च (लाखमा)

खर्च %

 बूढी गण्डकी जलविद्युत् आयोजना

१७९९९६

९७९००

५४.४०

बबई सिँचाइ आयोजना

१२४९७

७५८०

६०.७०

सिक्टा सिँचाइ आयोजना

१४९४३

१४७२३

९८.५०

 रानीजमरा सिँचाइ आयोजना

२१५२५

१५१०४

७०

भेरी–बबई डाइभर्सन आयोजना

६०९७४

३७९९५

६२

मेलम्ची खानेपानी आयोजना

७०६५९

२४४९७

३३

 पशुपति क्षेत्र विकास कोष

३४८७

३४८७

१००

लुम्बिनी क्षेत्र विकास कोष

५७७१

८७७१

१५२

राष्ट्रपति चुरे संरक्षण आयोजना

१६९९७

१५११७

८८

 

मध्य पहाडी (पुष्पलाल) लोकमार्ग परियोजना

५५५०२

११६२०५

२०९

काठमाडौं तराई मधेश द्रुतमार्ग

१५३९७८

५७३३७

३७

उत्तरदक्षिण लोकमार्ग कालीगण्डकी

२३०५१

३१००८

१३४

 हुलाकी राजमार्ग

५५००२

९६६८२

१७६

रेल मेट्रो रेल तथा मनोरेल

४५००३

३४४०४

७६

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना

५०००

५०००

१००

दक्षिण एसिया पर्यटन पूर्वधार

६८३००

१४७०१८

२१५

पोखरा  क्षेत्रीय विमानस्थलमा

६८०००

६२८३३

९२

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ

१४३००

३०००

२१

जम्मा

८८५५५७

७७८६६१

८९

चालु खर्च बढी

राष्ट्रिय गौरवका आयोजना चालु खर्च बढी देखिएको छ। चालु खर्च चलाउनको लागि नुपुगकै बजेट थप गरिए पनि पुँजीगतको अवस्था त्यस्तो छैन। गत वर्ष विनियोजन गरिएको बजेटको तुलनामा चालु खर्च २११ प्रतिशत रहेको छ। अर्थात् विनियोजन गरिएको भन्दा १११ प्रतिशत बढी हो। त्यस्तै पुँजीगत खर्च ७५ प्रतिशत र वित्तीय व्यवस्थापन खर्च २४० प्रतिशत रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.