|

रौतहट : नेपाली कांगेसका सभापति शेर बहादुर देउवाले बाढीपीडितप्रति सरकार संवेदनशील नभएको आरोप लगाएका छन्। रौतहटमा बाढीपीडितको अवस्था बुझ्न आएका नेपाली कांग्रेसका सभापति देउवाले यस्तो संवेदनशील अवस्थामा पनि सरकार गम्भीर नभएको आरोप लगाए।

पार्टीका उपसभापति विमलेन्द्र निधि र रौतहटका सांसद मोहम्मद अफ्ताब आलमलाई लिएर आएका देउवाले बाढी प्रभावित गढीमाई नगरपालिकाको लक्ष्मीपुर, धनारी, दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर १, २, र ५ तथा सदरमुकाम गौरको स्थलगत निरीक्षण गरेका थिए।

बाढी क्षेत्रको अनुगमन गदै पीडित परिवारलाई भेटेका देउवाले विपद्का बेला पनि सरकार जनताप्रति संवेदशील नभएको बताए। सदनको नियमित एजेण्डा स्थगित गरेर बाढीपीडितलाई सहयोग गरौँ भन्ने प्रस्ताव राख्दा सत्ता पक्षले सूचना टाँसेर संसद बैठक स्थगित गरेको  सभापति देउवाले आरोप लगाए।

कांग्रेस सभापति देउवाले भने, ‘भारतीय बाँधका कारण नेपाली भूभाग डुवानमा पर्दा पनि सरकारले कूटनीतिक पहल गर्न सकेन, भारतीय बाँधका कारण रौतहटमा भएको डुबानबारे सरकारले जवाफ दिनुपर्छ।' सरकारमै भएका मधेस केन्द्रित दलले पनि मधेसका जनताको भावनाको दुरुपयोग गरेको सभापति देउवाको भनाइ रहेको छ।

देउवासँग भएको भेटमा बाढी तथा डुवानपीडितले पनि सरकारले वास्ता नगरेको बाढी पीडितहले गुनासो गरेका थिए। स्थानीयको गुनासो सुन्दै देउवाले भने ‘बाढीपीडितका लागि कांग्रेसका सांसदले पाँच दिन बराबरको तलब दिने निर्णय गरेका छन्। पुनर्स्थापना तथा दिगो रुपमा समस्या समाधानका लागि संसदमा जोडदार आवाज उठछ।’

बाढीको कारण यस बर्ष रौतहटमा बाढीका कारण ९ जनाको ज्यान गएको छ भने ७० हजार बढी प्रभावित भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.