|

काठमाडौं : टेबलटेनिस खेलाडी स्वेच्छा नेम्बाङले गहना पसल सञ्चालनमा ल्याएकी छन्। 

काठमाडौंको सिनामंगलमा रहेको न्यु सौभाग्य ज्वेलरी एण्ड वर्कशप नामक गहना पसल बुधबार टेबलटेनिसका मुख्य प्रशिक्षक विनोद शाक्यले उद्घाटन गरे। टेबलटेनिसका राष्ट्रिय  खेलाडी नेम्बाङले एकल लगानीमा उक्त गहना पसल सञ्चालनमा ल्याएकी हुन्।

स्वेच्छका अनुसार त्यहाँ आधुनिक तथा परम्परागत गरगहनाहरुको बिक्री तथा निर्माण गरिन्छ। सुनचाँदी, हिरा, मोती र पत्थरलगायतका गरगहना अर्डर बमोजिम बनाइने र रेडिमेड पनि उपलब्ध हुनेछ। उनले यसअघि पनि पुरानो बानेश्वरमा सौभाग्य ज्वेलर्स सञ्चालनमा ल्याइसकेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.