|

ओखलढुंगा : ओखलढुंगामा अझै रोपाई भएको छैन्। आकेसेपानीको भरमा मात्रै रोपाई गरीने भएका कारण यहाँ रोपाई नभएको हो। लगातार ४ दिनसम्म मुसलधारे पानी परेको भए पनि पानीको मुल नफूटेका कारण अझै रोपाइँ भएको छैन्।

साउन लाग्दा पनि ओखलढुंगामा १२ प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ। खडेरी र पानी नभएका कारण रोपाइँ नभएको हो। खडेरीकै कारण मध्य साउन लागिसक्दा पनि ८८ प्रतिशत खेतमा रोपाइँ हुन सकेको छैन्। अघिल्ला वर्षहरुमा यो समया ५५ देखि ६० प्रतिशत रोपाइँ सकिने गरेको भएपनि यसवर्ष १२ प्रतिशत मात्रै रोपाइँ भएका कारण खेत बाँझै रहेको हो।

जिल्लाको खेती योग्य भूमिमा समेत धान रोप्न नसकेका कारण अर्को वर्ष जिल्लामा खाद्यअभाव हने अवस्था सिर्जना भएको छ। धान ढिलो रोप्दा उत्पादनमा समेत कमी आउने त छदै छ, किसानलाई समेत घाटा हुने कृषि प्राविधिकहरु बताउँछन्। यो वर्ष पानी नपरेका कारण ब्याड मै विउ सुकेर गएकोले रोपाई गर्न कठिन भएको  लिखु गाउँपालिकाका –६ का किसान योगहरि भट्टराईले बताए। खडेरीका कारण विऊ नउम्रीदा धान रोप्न नपाएको उनको भनाइ छ। 

पछिल्लो समय केही दिन पानी परेको भए पनि अझै मुल नफुटेका कारण उम्रीएको बिउपनि रोपाई गर्न नसकिएको उनले बताए।  धानको बिउ सबै सुकेर गएको र पानीको मुल नपलाएका कारण रोपाई हुन नसकेकोको कृषि ज्ञान केन्द्र ओखलढुंगाका कृषि प्रविधिक टिका बानियाँले बताए जिल्लाका अधिकांश खेतीयोग्य जमिनमा पानी नभए कै कारण रोपाइँ हुन नसकेको उनको भनाइ छ। जिल्ला भर ६ हजार २ सय ५० हेक्टरमा धान खेती गरिने  कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्रविधिक सहायक बानियाँले बताए।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.