|

इटहरी : सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चौथो दिन सोमबार पनि पूर्वाञ्चलका मोरङ, सुनसरी, झापा, सप्तरी, धनकुटा र कास्की जिल्ला जिल्लामा बिभिन्न खेलहरु हुँदैछन्। सुनसरीको इटहरी रंगशालामा भइरहेको  एथ्लेटिक्समा ४ सय मिटर हर्डल्स तथा २ सय मिटर, ८ सय मिटर र १० हजार मिटर दौडको फाइनल खेल हुने राष्ट्रिय खेलकुद विकास समितिले जनाएको छ।

त्यस्तै सुनसरीकै इनरुवामा भइरहेको खोखोको फाइनल खेल पनि सोमबार नै हुँदैछ। बिहान ९ बजे महिला खोखोमा उपाधिका लागि आर्मीले मध्यपश्चिमाञ्चल र पुरुषमा पनि आर्मीले मध्यमाञ्चलको सामना गर्नेछ।

पुरुष फुटबलमा सोमबार समूह ए अन्तर्गत लिग चरणका अन्तिम खेल हुँदैछन्। बिहान ११ बजे नेपाल पुलिस क्लब र मध्यमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो २ बजे पश्चिमाञ्चल र पूर्वाञ्चलबीच खेल हुनेछ।

मोरङको बैजनाथपुरमा भइरहेको पुरुष क्रिकेटमा बिहान ९ बजे मध्यपश्चिमाञ्चल र आर्मी तथा  दिउँसो १ बजे पूर्वाञ्चल र नेपाल प्रहरीबीच खेल हुनेछ। इटहरीको डीबीएम स्कुलमा भइरहेको महिला क्रिकेटमा बिहान ९ बजे मध्यपश्चिमाञ्चल र एपीएफ भिड्दैछन् भने दिउँसो २ बजे मध्यमाञ्चल र पूर्वाञ्चलबीच खेल हुनेछ।

सोमबार नै विराटनगरमा कबड्डी, कराँते, हक्की, सुटिङ,सफ्ट टेनिसका खेलहरु पनि हुँदैछन्। सुनसरीमा तेक्वान्दो, भलिबल, बास्केटबल, फुल कन्ट्याक कराँते, साइक्लिङ र सेपाकटाक्रोका बिभिन्न इभेन्टमा खेल हुनेछ। त्यस्तै झापाक चन्द्रगढीमा बक्सिङ, सप्तरीमा भारत्तोलन, काकडभिट्टामा ब्याडमिन्टन, धुलाबारीमा जुडो, धनकुटामा चेस, दमकमा आइटीएफ तेक्वान्दो र पोखरामा लन टेनिस खेलहरु हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.