|

बोस्टन : आर्थिक वृद्धि नहुनाले नेपालमा खाद्य सुरक्षा प्रभावित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। विश्वमा खाद्य सुरक्षा तथा पोषणको अवस्था २०१९ (स्टेट अफ फूड सेक्युरिटी एन्ड न्युट्रिसन इन द वर्ल्ड) नामक प्रतिवेदनमा नेपाल खाद्य सुरक्षा ५ प्रतिशत घटेको छ । उदाहरणमा नेपालसहित  हैटीमा २३ र अफ्रिकी मुलुक नाइजरमा ८ प्रतिशत घटेको भनिएको छ। 

संघले सोमबार उक्त प्रतिवेदन जारी गर्दै भनेको छ, 'संसारमा सन् २०१८ मा ८२ करोड मानिस भोकै रहे । यो संख्या सन् २०१७ को भन्दा बढी हो । सन् २०१७ मा यो संख्या ८१ करोड १० लाख थियो ।'

प्रतिवेदनमा भोका मानिस एकातिर छन् भने अर्कातिर मोटोपन समस्या बन्दै गएको उल्लेख छ । नेपालमा ०-५ वर्ष उमेरको वर्गमा वजन बढी हुने र मोटोपनको समस्या छैन । स्कूल जाने तथा किशोर-किशोरी, अनि उमेर पुगेकाहरूमा मोटोपनको समस्या छ, प्रतिवेदन भन्छ । नेपालमा खाद्यान्न असुरक्षाले महिलामा रक्तअल्पताको समस्या भएको प्रतिवेदनमा उल्लेख छ।

उक्त प्रतिवेदन संयुक्त राष्ट्र, खाद्य तथा कृषि संगठन (एफएओ), इन्टरनेशनल फन्ड फर एग्रीकल्चर डेभलपमेन्ट (आईएफएडी), संयुक्त राष्ट्र बालकोष (युनिसेफ), विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी), र विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जारी गरेका हुन् । प्रतिवेदन २३९ पृष्ठको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.