|

पथरी, (मोरङ) : मोरङको पथरी बजारमा बिहीबार बिहान यात्रु बस दुर्घटनामा परेको छ।  पथरी बजारको पश्चिम पथरीखोला नजिकै बस दुर्घटनामामा पर्दा अन्य १६ जना घाइते भएका छन्। 

पूर्वबाट पश्चिम जाँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअपलाई जोगाउन खोज्दा कानेपोखरीबाट काकडभिट्टा जाँदै गरेको को १ ख ४८४२ नम्वरको बस बीच सडकमा पल्टिएको थियो। 

पथरी प्रहरीका अनुसार बसमा यात्रारत मोरङ्ग उर्लाबारीकी १३ वर्षीया अस्मिता खतिवडा, ६ वर्षीया अविना खतिवडा, दमककी १३ वर्षीया प्रविणा भटराई, उर्लाबारी नगरपालिका-५ का इन्द्रमाया गुरुङ्ग, अर्जुनधारा झापाका अभिषेक कार्की, कानेपोखरी-३ का चित्र दहाल, त्यही ठाउँका श्रवण दहाल, निर्मल गिरी, श्याम कार्की, टीकाराम थापा, मदन कुमारी चापागाईं, सुकदेव धिमाल, जिवन बराइली र प्रेम कार्की घाइते भएका छन्। 

घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पताल र केहीलाई विराटनगर लगिएको छ। ग्रामीण भेगमा चल्ने  उक्त बसमा बालबालिका, वृद्ध वृद्धा र महिलासहित ३५ बढी यात्रु रहेको प्रहरीले जनाएको छ। 

पिकअपमा चालक मात्रै सवार रहेका थिए। उनी पनि गम्भीर घाइते भएका छन्। उनको पहिचान खुल्न नसकेको जानकारी प्रहरीले दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.