|

पोखरा : पोखरामा एउटा कुखुरा फार्ममा चितुवा पसेको छ। पोखरा महानगरपालिका-१६ स्थित सिप्लेकुनामा सोभित केसीको कुखुराको फर्ममा चितुवा पसेको जिल्ला बन कार्यालय कास्कीले जनाएको छ। 

विहान कुखुरा फार्ममा पसेको चितुवालाई ढोका लगाई थुनिराखेर केसीले जिल्ला वन कार्यालयलाई खबर गरेका थिए। जिल्ला वन कार्यालयका सहायक वन अधिकृत शालिकराम पराजुली लगायतको टोलीले चितवनबाट प्राविधिकहरुको टोली झिकाएर त्यसलाई लठ्याएर बाहिर ल्याएको थियो।

‘कुखुराको खोरमा थुनिएको चितुवालाई चितवनबाट डार्टिङ टोली झिकाएर बेहोस बनाइयो,’ उनले भने, ‘त्यहाँ ५०० कुखुरा रहेछन्। एक आपसमा चेपिएर १० वटा जति मरेका छन् ।’ 

धेरै कुखुरा कराएपछि चितुवाले कुखुराहरुलाई आक्रमण गरेन। नियन्त्रणमा लिएको चितुवालाई प्राविधिक टोलीले पोखराकै पचभैयामा रहेको  वन्यजन्तु उद्धार केन्द्रमा राखिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.