|

हेटौंडा : प्रदेश ३ मा नेपाल भ्रमण वर्ष २०२० प्रदेश स्तरीय पर्यटनप्रवर्द्धन समिति गठन भएको छ। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको संरक्षकत्व तथा उद्योग, पर्यटन, वन तथा वातावररण मन्त्री अरुणप्रसाद नेपालको अध्यक्षतामा समिति गठन गरिएको हो। 

समितिको सहअध्यक्षमा प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, प्रादेशिक कार्यक्रम संयोजकमा अनिल लामा र सदस्य सचिवमा शिव कुमार वाग्ले रहेका छन्। यस्तै, समितिमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष, भक्तपुर, ललितपुर, चितवन र मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्षहरू क्रमशः  मेघ आले, अनुज पाण्डे, होम पाठक र केशव बडाल रहेका मन्त्रालयले जनाएको छ।

राजेन्द्र सापकोटा, सुमन घिमिरे, सुन्दर कार्की, रामशरण कार्की, शिव लामिछानेसहितको १९ सदस्य समिति गठन गरिएको छ। यसैगरी उद्योग, पर्यटन, वन तथा वातावररण मन्त्री नेपालको अध्यक्षतामा नेपाल भ्रमण वर्ष २०२० प्रदेशस्तरीय मूल सहजीकरण तथा आयोजक समिति गठन भएको छ।

६१ सदस्यीय समितिमा प्रदेश नीति तथा योजना आयोगका सदस्य, प्रदेशको १३ वटै जिल्ला समन्वय समितिका प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सातवटै मन्त्रालयका सचिव, प्रदेश प्रहरी प्रमुख, प्रदेश वन निर्देशक, प्रदेश ३ को नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल पर्यटन व्यवसायी संघ, होटल व्यवसायी संघलगायत व्यावसायिक एवं पेशागत संघका अध्यक्षहरू रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.