|

इलाम : किसानले उत्पादन गरेका कृषि उत्पादनको प्रदर्शन गर्ने उद्देश्यले इलाम सदरमुकाममा तीन दिने कृषि प्रदर्शनी मेला आइतबारदेखि सुरू भएको छ।

जिल्ला कृषि विकास कार्यालयको आयोजनामा सुरू भएको प्रदर्शनीमा आठ वटा समूहमा १७० जना किसानले कृषि उत्पादन राखेका छन्।

खाद्यान्न बालीमा धान, मकै, गहुँ, कोदो, जौँ, फापरलगायतका उत्पादन राखिएको छ। त्यस्तै दलहन तथा तेलहनतर्फ भटमास, मुसुरो, चना, बोडीलगायतका उत्पादन छन्।

नगदेबालीमा अलैँची अदुवा, जुट, उखुलगायतका उत्पादन छन्। लहरेबालीमा फर्सी, काक्रो, घिरौँला, स्कुस लौका, काउली समूहमा काउली, ब्रोकाउली, बन्दा र अन्य तरकारी बालीमा भने मुला रायोको साग, गाँजर, ब्रोकाउलीलगायतका उत्पादन छन्।

सुन्तला जातका फलफूलमा सुन्तला जुनार, निबुवा, कागतीलगायत छन्। अन्य फलफूलमा अम्बा, केरा किबी प्रदर्शनीमा राखिएको छ। आलु तथा कन्दमुलमा आलु, ओल, पिडालु, बन आलु, ग्राउण्ड एप्पल र माछा प्रदर्शनीमा राखिएको छ।

प्रदर्शनीमा पहिलो, दोस्रो, तेस्रो र सान्तवना हुनेलाई क्रमशः रु एक हजार, ७००, ५००, ३०० र जनही प्रमाणपत्र वितरण गरिने कार्यालयले जनाएको छ। प्रदर्शनीको क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक ताराकुमार श्रेष्ठले उद्घाटन गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.