|

ओखलढंगा : ओखलढुंगाको लिखु गाउँपालिका-६ स्थित श्री ग्रमोदय युगकवि सिद्धिचरण माध्यमिक विद्यालय नेपाल सरकारको नमुना विद्यलयमा छनोट भएको छ। विद्यालयले शैक्षिक गुणस्तर र क्षमता सुधार गरी शिक्षामा रुपान्तरणको गतिलाई तीब्रता दिएसँगै नमुना छनोट भएको हो।

असार २७ गते नेपाल सरकार मन्त्रिपरिसदको बैठकले छनोट गरेका ८४ नमुना विद्यलयको सूचीमा ओखलढुंगाको श्री ग्रामोदय युगकवि सिद्धिचरण मावि पनि छनोटमा परेपछि यहाँका शिक्षक अभिभावक तथा विद्यार्थी हर्सित भएका छन्। २०२० साल चैत २० गते श्री ग्रामोदय प्राइमरी विद्यालयका नामले स्थापित यो विद्यालय यो क्षेत्रकै पुरानो विद्यालयका रुपमा लिइन्छ।

नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज लोककृष्ण भट्टराई, देवशशैकर पौडे, पूर्वसंविधान सभा सदस्य बालकृष्ण ढुंगेल लगायतलाई शिक्षा दिएको जिल्लाकै शैक्षिक इतिहास बोकेको यो विद्यालयमा पछिल्लो समय ५८७ विद्यार्थी अध्ययनरत छन्। 

शिक्ष विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत मानव स्रोत तथा संशोधन केन्द्र विद्यालय मापदण्ड निर्धारण शाखाका अनुसार यो वर्ष छनोट गरिनु पर्ने एक सय विद्यालयमा गत असार २७ गते ८४ मात्रै छनोट गरेको थियो। यसअघि नै १६ विद्यालय छनोट भइसकेका र पछिल्लो समय ८४ विद्यालयलाई छनोट गरेको हो।

आव ०७३/०७४ देखि ०८० सम्म सात वर्षको अवधिमा एक हजार नमुना विद्यालय बनाउने सरकारको योजनाअनुसार २२२ विद्यालय छनोट भई विद्यालय विकास कार्यक्रमअगाडि बढेको मन्त्रालयले जनाएको छ।

छनोटमा परेसँगै गुणस्तरीय शिक्षका लागि नमुना विद्यालय निर्देशिकाअनुसार आफूहरू पठनपाठनमा लागी पर्ने श्री ग्रमोदय युगकवि सिद्धिचरण माविका प्रअ भुवनकुमार रोकाले बताए।  विद्यालयले नमुना विद्यालय छनौट भएपछि विद्यालय विकास कार्यका लागि वार्षिक एक करोड अनुदान आफूहरूले पाउने थाहा पाएको र विद्यालय शैक्षिक सुधार र गुणस्तरीय शिक्षामा आफूहरू लागी परिरहेको बताउँदै विद्यालय नमुनामा छनोट भए पछि अझै हौसला प्राप्त भएको उनको भनाई छ। यो विद्यालयलले पाँच वर्षअघि पूर्वप्राथमिक र प्राथमिक तहमा अंग्रेजी माध्ययमबाट पठनपाठन थालेपछि चारवटा निजी स्कुलसमेत बन्द भएका थिए। हाल कक्षा एकदेखि कक्ष १२ सम्म पटनपाठन हुने यो विद्यालयमा ५८७ बिद्यार्थि अध्ययनरत छन्।

केही वर्षअघिसम्म विद्यालयमा एक हजार बढी विद्यार्थि हुने गरेका भए पनि पछिल्लो समय हरेक गाउँमा मावि र उच्च मावि भएका कारण विद्यार्थि संख्या घटेको विद्यालयले जनाएको छ। कक्ष एकदेखि कक्ष ५ सम्म अग्रेजी माध्ययममा पठनपाठन हुने यो विद्यालयमा कक्ष ९ देखी १२ सम्म कृषि, कक्षा ११ र १२ मा विज्ञान, शिक्षा तथा मानविकी संकायमा र कक्ष ९ देखि कक्षा १२ सम्म कृषिलगायत विषयमा पठनपाठन हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.