|
फाइल फोटो

पर्सा : नेपाली सेना चण्डीगण वीरगन्जका लेखापाल जबरजस्ती करणी मुद्दामा वारदातपश्चात फरार रहेको भन्दै पक्राउ परेका छन्। बाराको पथलैयामा रहेको संगालो होटलमा गएको असारमा एक किशोरीलाई जबरजस्ती करणी गरेको मुद्दामा सम्लग्न रही फरार रहेको भन्दै पर्सा प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाको सुक्ष्म अनुसन्धानपछि नेपाली सेनाको चण्डीगण वीरगन्जका लेखापाल दुर्गा तिम्सिनालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।  

मकवानपुर घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर ८ स्थित नेपाली सेनाको चण्डीगणमा कार्यरत सेनाका लेखापाल तिम्सिनालाई ईलाका प्रहरी कार्यालय सिमरा पठाइएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए। घटना बारामा भएकोले पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा पठाइएको हो। 'पर्सामा पनि मुद्दा जोडिएकोले ईप्रका सिमराले अनुसन्धान सकेपछि पुनः उनलाई पर्सामा ल्याइ थप अनुसन्धान हुन्छ' उनले भने।

गएको असार २७ गते पथलैयाको होटल संगालोमा सिमराकी एक १७ वर्षीया किशोरी जबरजस्ती करणीपश्चात अचेत अवस्थामा फेला परेको घटनामा अनुसन्धान गर्दै जाँदा अन्य केही अभियुक्त पहिले नै पक्राउ परिसकेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

अनुसन्धानका क्रममा सेनाको चण्डीगणमा कार्यरत तिम्सिना पनि सम्लग्न रहेको देखिएपछि उनलाई पनि सिमरामा झिकाइएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक वीरेन्द्र कुमार ठाकुरले बताए। 'आवश्यक अनुसनधानपछि थप दोषी देखिए कारवाही प्रकृया अगाडि बढ्छ' उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.