|

सल्यान : नयाँ मुलुकी सहिंता जारी भएसँगै जिल्ला अदालत सल्यानमा मुद्दा दर्ताको चाप बढेको छ। अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका रहेका छन्।

आर्थिक वर्ष २०७५/०७६ मा जिल्ला अदालत सल्यानमा ४ सय ७९ वटा मुद्दा दर्ता भएकोमा सम्बन्ध विच्छेदका  २ सय ९ वटा मुद्दा दर्ता भएको अदालतले जानकारी दिएको छ। १ सय ५७ वटा महिला र ५२ वटा पुरुषले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गरेको अदालतका श्रेष्तेदार दीपक पोखरेलले बताए। उनका अनुसार २ सय ९ वटा सम्बन्ध विच्छेदका मुद्दामध्ये १ सय ७७ वटा फच्र्छौट गर्न भएका छन्। आर्थिक वर्ष ०७४/०७५ मा ३ सय ४६ वटा मुद्दा दर्ता भएकोमा १ सय ३८  थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए।

नयाँ मुलुकी सहिंता जारी भएसँगै पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने ब्यवस्था भएकाले जिल्लामा सम्बन्ध विच्छेदका घटनामा वृद्धि आएको पोखरेको भनाई छ। सामाजिक सञ्जाल, वैदेशिक रोजगारी तथा सचेतनाको विकासका कारण सम्बन्ध विच्छेद गर्नेको सख्यामा वृद्धि आएको उनले बताए।

आर्थिक वर्ष २०७५/०७६ मा जवरजस्ती करणीका २२, बहुविवाह २३, बालविवाह र बहुविवाह ३, कर्तव्य, ज्यानमार्ने उद्योग, सवारी ज्यानका ३७, बोक्सी २ मुद्दा दर्ता भएका छन्। जिल्लामा पहिलो पटक धार्मिक कसुरसम्बन्धी एक मुद्दा दर्ता भएको छ।

८२ प्रतिशत मुद्दा फर्छ्योट

 जिल्ला अदालत सल्यानले आर्थिक वर्ष लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट गर्न सफल भएको छ। ४ सय ७९ वटा मुद्दामध्ये ३ सय ९४  वटा मुद्दा फर्छ्योट गर्न सफल भएको अदालतले जनाएको छ।   २ सय ६३ मुद्दा आउने लक्ष्य राखेकोमा ४ सय ६९ लगत भएको पोखरेलले बताए। ८२ दशमलव २५ प्रतिशत मुद्दा फर्छौट गर्न सफल भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.