|

धनगढी : सुदूरपश्चिम प्रदेशमा आयुर्वेद प्रतिष्ठान स्थापनकाका लागि बाटो खुलेको छ।

बिहीबारको प्रदेश सभा बैठकमा सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पेस भएपछि आयुर्वेद प्रतिष्ठान स्थापनकाका लागि बाटो खुलेको हो। 

जेठ २१ गते प्रदेश सभा सचिवालयमा दर्ता भएको विधेयकलाई दफावार छलफलको लागि सामाजिक विकास समितिमा पठाइएको थियो। बिहीबारको बैठकमा सामाजिक विकास समितिकी सभापति कुन्ति जोशीले दफावार छलफल सम्पन्न भएपछि आएको विधेयको प्रतिवेदन पेस गरिन्। यस अघि बिहीबारको बैठकमा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले समसामयिक विषयमा धारणा राखेका थिए।

कञ्चनपुरमा शिक्षकको कुटाइबाट ज्यान गुमाएका युवकको विषयमा छानबिन गर्न र दोषीलाई कारबाही गर्न उनले माग गरे। डडेल्धुरा अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणका विषयमा पनि प्रदेश सरकारले चासो दिनु पर्ने उनले बताएका थिए।

विशेष समयमा बोल्दै सांसद खड्काले जेठ २३ गतेको हावाहुरी पीडितले राहत नपाएको भन्दै सरकारको आलोचना गरेका थिए। अर्काे बैठक शुक्रबार दिउँसो २ बजे आह्वान गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.