|

तनहुँ : सडक डिभिजन कार्यालय दमौलीका कम्प्युटर अपरेटरसहित दुईजना घुस लिँदै गर्दा पक्राउ परेका छन्। कम्प्युटर अपरेटर प्रकाश पौडेलसहित वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही समेत घुससहित पक्राउ परेका हुन्।

अपरेटर पौडेलसहित शाही सेवाग्राहीबाट १ लाख ७५ हजार रुपैयाँ घुस लिँदालिँदै बिहीबार रंगेहात पक्राउ परेका हुन्। कार्यकक्षमै सेवाग्राहीसँग बार्गेनिङ गरेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराबाट पुगेको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

कम्प्युटर अपरेटर पौडेलसँग सेटिङ मिलाएर कन्सल्टेन्सीका शाहीले बिचौलियाको भूमिका निभाएका अख्तियार अनुसन्धान कार्यालय पोखराले जनाएको छ। सडकको भुक्तानी दिने सन्दर्भमा उनीहरूले घुस मागेको प्रारम्भिक अनुसन्धानले देखाएको अख्तियार पोखराका प्रवक्ता मेघनाथ रिजालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.