|
फाइल फोटो

बर्दिया : ठाकुरबाबा नगरपालिका ३ नेउलापुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। बुधबार साँझ घरमा इ-रेक्साको व्यट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर नेउलापुर निबासी ६२ वर्षीय ऋषिराम शर्मा पन्थीको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ।

पन्थीको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुर लैजादै गर्दा ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ। उनले केही वर्ष अघिदेखि नै अटो अलाउँदै आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.