|

बैतडी : मोटरसाईकल दुर्घटनामा परी बिहीबार अपरान्ह बैतडीको सुर्नया गाउँपालिका १ का वडा अध्यक्ष कलशबहादुर चन्दको मृत्यु भएको छ।

महाकाली राजमार्गअन्तर्गत बैतडीको सतबाँझबाट खोचलेकतर्फ जाँदै गरेको अध्यक्ष चन्द चढेको  से १ प १११४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट चन्द्रसिंह ऐर चढेको म २ प ६६३३ नम्बरको मोटरसाइकल सुर्नया गाउँपालिका २ सिन्केलेकमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। 

मोटरसाइकल दुर्घटना हुँदा  गम्भीर घाइते हुनुभएका वडा अध्यक्ष चन्दलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याउँदा मृत घोषणा गरिएको हो। घटना साढे ४ बजेतिर भएको  जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। दुर्घटनामा घाइते भएका चन्द्र सिंह ऐरको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

मृतक चन्दको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। चन्द नेपाली कांग्रेसवाट निर्वाचित वडा अध्यक्ष थिए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.