|

पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासी पक्राउ परेका छन्। अब्बासीलाई नेश्नल एकाउन्टिबिलिटी ब्यूरो एनएबीको १२ सदस्यीय टोलीले पक्राउ गरेको हो।

अब्बासीलाई अर्वाै रुपैयाँको लिक्विफाइड नेचुरल ग्यास एलएनजीलाई आयातको अनुमति दिँदा आर्थिक अपचलन गरेको आरोपमा पक्राउ गरिएको हो। पाकिस्तानको समाचार च्यानल डन न्यूजले पत्रकार सम्मेलनका लागि जाने क्रममा अब्बासी पक्राउ परेको पुष्टि गरेको छ। अब्बासीसँगै पीएमएल-एन नेता अह्सान इकवाल पनि थिए। सुरुमा पक्राउको विरोध गरेका अब्बासीले पछि एनएबीलाई आत्मसमर्पण गरेका हुन्।

अब्बासीलाई भोलि एकाउन्टिबिलिटी अदालतमा पेश गर्ने तयारी गरिएको छ। एउटा मेडिकल टोलीले उनको स्वास्थ्य अवस्थाबारे चेकजाँच गर्नेछ। एनएबीले एलएनजी घोटला विषयमा अदालतमा उपस्थित हुन आदेश दिए पनि अब्बासी उपस्थित नभएकाले पक्राउ गरिएको बिबिसीले उल्लेख गरेको छ।

पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अलि जरदारी र पूर्व प्रधानमन्त्री नवाज सरिफ पनि भ्रष्टाचारको मामलामा जेलमा रहेका छन्।

अब्बासी विपक्षी पार्टी पीएमएल-एन अर्थात पाकिस्तान मुस्लिम लिग-नवाजका पक्राउ पर्ने दोस्रो ठूला नेता हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.