|

धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली धनगढीस्थित शहिद गेटमा बम विस्फोट हुँदा पाँचजना घाइते भएका छन्। 

धनगढीको शहिद गेट नजिकैको निलम होटलमा भएको विस्फोटमा घाइते हुनेमा होटल सञ्चालक केशवराज पाण्डे, राम सिंह, जितेन्द्र यादव, मोबिन खान  र लक्ष्मण सेरेला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

होटल सञ्चालक केशवराज पाण्डे, राम सिंहको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

‘टिफिन लागि प्रयोग गरिने बट्टामा राखिएको विस्पोटक पदार्थ विस्फोट भएको देखिन्छ’, उनले भने ‘हामी थप अनुसन्धान गरिरहेका छौँ, विस्तृत आइसकेको छैन।’घटनास्थलमा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ।

 

होटेलमा चिया खान बसेकाले बोकेको बम विष्फोट भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको बस्नेतले जानकारी दिए । 'टिफिन बक्समा राखिएको बम विष्फोट भएको अनुमान छ', उनले भने। घटनास्थलबाट चाइनिज पेस्तोल बरामद भएको छ।

घटनामा नेत्रविक्रम चन्द विप्लव समूहको संलग्नता रहेको बताइए पनि पुष्टि हुन सकेको छैन। धनगढीस्थित एक सुरक्षा अधिकारीले घटनास्थलमा पेस्तोल पनि भेटिएकाले यसमा विप्लव समूहकै संलग्न रहेको दाबी गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.