चिया पिउन होटल छिरेका व्यक्तिले बोकेको ‘टिफिन बम’ विस्फोट : प्रहरी

|

धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा बिहीबार साँझ भएको विस्फोट सुरुमा भनिएजस्तो सिलिन्डर नभएको पाइएको छ। पाँच जना घाइते हुनेगरी भएको उक्त विस्फोटमा सशस्त्र समूहको संलग्नता रहेको प्रहरीले पुष्टि गरेको छ।

विस्फोट भएको धनगढी उपमहानगरपालिकास्थित चटकपुरस्थित घटनास्थलबाट प्रहरीले हतियार बरामद गरेको छ। प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार घटनास्थलबाट चाइनिज पेस्तोल बरामद गरिएको छ। विस्फोटको अनुसन्धान भइरहेको थापाले जानकारी दिए।

विस्फोट साँझ ६:४५ बजे स्थानीय निलम होटलमा भएको थियो। विस्फोटमा परेर होटल सञ्चालक केशवराज पाण्डेय घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतका अनुसार विष्फोटमा परी बझाङ घर भएका राम सिंह र ठेगाना खुल्न नसकेका लक्ष्मण सेरेला, मोबिन खान, जीतेन्द्र यादव घाइते भएका छन्।

घाइतेहरूलाई उपचारका लागि मेट्रो अस्पताल लगिएको र घाइतेमध्ये होटल सञ्चालक पाण्डेय र राम सिंहको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

जिप्रका कैलालीका प्रवक्ता बस्नेतका अनुसार होटेलमा चिया खान बसेका व्यक्तिले बोकेको बम विष्फोट भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ। उक्त बम कसले बोके

को थियो भन्ने स्पष्ट भइसकेको छैन। उक्त बम टिफिन बक्समा राखिएको हुनसक्ने प्रहरीले जनाएको छ।

सुरक्षा स्रोतले भने विस्फोटमा नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताको संलग्नता रहेको हुनसक्छ। पछिल्लो समय विप्लव समूहका व्यक्तिहरू हतियारसहित पक्राउ पर्ने गरेका छन्। उनीहरूले ठाउँठाउँमा बम विस्फोट गर्न तथा प्रहरीसँग दोहोरो भिडन्त भएका घटना पनि सार्वजनिक भएका छन्।

सम्बन्धित समाचारः 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.