|

काठमाडौं : संसदको अवरोध हटाउन सभामुख ओनसरी घर्तीले दलहरुसँग छलफल गर्ने भएकी छन्।

सोमबार दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरमा हुने छलफलमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख ७ दलका शीर्ष नेतालाई बोलाइएको छ। नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, मधेशी जनअधिकार फोरम लोकतान्त्रि र तराई मधेश लोकतान्त्रिक पार्टीका प्रमुख नेता छलफलमा सहभागी हुनेछन्। सभामुख घर्तीले प्रमुख दलहरुबीच सकेसम्म विषयमा, नभए प्रक्रियामा भएपनि सहमति गर्ने प्रयास गरिने बएकी छन्।

सात दलको छलफलबाट मंगलबार बस्ने संसद बैठक जसरी पनि संचालन गर्ने तयारी गरिएको सभामुख घर्तीको भनाई छ। संसद बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

नेकपा एमाले सहितका प्रतिपक्षी नौ दलले संविधान संसोधन प्रस्ताव फिर्ता लिनुपर्ने भन्दै संसद बैठक लगातार अवरुद्ध गर्दै आएका छन्। सत्तारुढ दलहरुले भने संसोधन प्रस्ताव कुनै हालतमा फिर्ता नगर्ने अडान लिएपछि दलहरुबीच ध्रुविकरण बढेको छ। दुबै पक्ष अडानबाट पछि नहट्दा गतिरोध लम्बिएपछि सभामुखले सहमतिका लागि पहल थालेकी हुन्।

प्रतिपक्षी दलहरुको अवरोधका कारण संसदका पछिल्ला ९ वटा बैठक अवरुद्ध भइसकेका छन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.