|

धनगढी: कैलालीको धनगढीस्थित सहिद गेटमा बिहीबार साँझ शक्तिशााली विस्फोट हुँदा घाइते भएका ५ जनामध्ये एकजनाको मृत्यु भएको छ।

विस्फोटमा परी गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा बिहिबार राति ११ बजे मृत्यु भएको मृत्यु भएको प्रहरीले जनाएको छ। विस्फोटमा घाइते भएका अन्य ४ जनामा होटल सञ्चालक धनगढी–४, बोराडाडीका केशवराज पाण्डे, कञ्चनपुरको बलौरी–५ का लक्ष्मण सेरला, ठेगाना नखुलेका मोबिन खान र जितेन्द्र यादव छन्। उनीहरूको उपचार माया मेट्रो अस्पतालमा जारी छ।

घटनास्थलमा रहेका प्रहरीका अनुसार विस्फोट भएको ठाउँमा पेस्तोल पनि फेला परेको छ। कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले घटना के कारण र कसरी भएको हो अनुसन्धान भइरहेको बताएका छन्।

मोटरसाइकल पनि फेला पर्‍यो

घाटना स्थलमा एउटा मोटर साइकल पनि फेला परेको प्रहरीले जनाएको छ। से ७ प ३१४४ नम्बरको मोटर साइकल विस्पोट भएकै होटल अगाडि फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले मोटर साइकल घटनामा संलग्नको हुन सक्ने आशन्का गरिएको बताए। प्रहरी उच्च श्रोतले घटनामा विप्लप समूहको संलग्नता रहेको हुन सक्ने बताए पनि विप्लपले भने संलग्ता नभएको जनाएको छ। घटना स्थलबाट पिस्तोल पनि बरामद भएको थियो।

र याे पनि 

धनगढीमा बम विस्फोट : घटनास्थलबाट हतियार बरामद 


धनगढीमा हामीले विस्फोट गराएको होइन : विप्लव 


धनगढीमा 'टिफिन बम' विस्फोट : पाँचजना घाइते, विप्लव समूहको संलग्नता! 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.