|

काठमाडौं : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पछिल्लो साढे दुई वर्षमा ४ सय २९ जनामा मृगौला प्रत्यारोपण गरेकामा शतप्रतिशत सफल भएको जनाएको छ।

केन्द्रले ०७३ मंसिर ११ यता उक्त संख्यामा प्रत्यारोपण गरेको हो।  ‘यो अन्तर्राष्ट्रिय स्तरमा गर्व गर्न सकिने सफलता हो,’ केन्द्रका कार्यकारी निर्देशक एवं मृगौला र कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा पुकारचन्द्र श्रेष्ठले भने, ‘यो वर्षको मेसम्ममा १ सय ७९ वटा मृगौला प्रत्यारोपण गरिसकेका छौँ।’

अढाई वर्षयता केन्द्रमा मृगौला प्रत्यारोपणमा एउटा पनि असफल नभएको उनले बताएको खबर कान्तिपुर दैनिकमा छ।  केन्द्रमा मृगौला प्रत्यारोपण निःशुल्क गरिन्छ। ०६९ माघ ६ देखि केन्द्रले ६ सय ४६ जनामा मृगौला प्रत्यारोपण गरिसकेको छ। यिनमा १४ जिल्लाका सेवाग्राही छन्। १४ जना भारतीय पनि छन्। सबैभन्दा धेरै काठमाडौंका ४९ जना, झापाका २९, चितवनका २८, काभ्रमेका २४ र कास्कीका २३ जना छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.