|

संखुवासभा :  संखुवासभाको मादी नगरपालिकाको भवन पहिरोको उच्च जोखिममा परेको छ। 

मादी नगरपालिका उपप्रमुख  उर्मिला सुवेदीले पहिरोका कारण नगरपालिका भवन समेत चर्किएको बताइन्।  भवन भन्दा मुनि सडक भएका कारण सडकको पहिरोले तान्ने लागेको छ।  पहिरोको जोखिममा परेपछि शिक्षा, स्वास्थ्य, र कृषि शाखा रहेको पुरानो नगरपालिकाको भवन खाली गरिएको छ। 

त्यहाँ सञ्चालित शाखाहरु अहिले स्वास्थ्य चौकी र नव निर्मित नगरपालिकाको भवनमा सारिएका उपप्रमुख सुवेदीले जानकारी दिएकी छन्।  उक्त भवन साझा संस्थानले छाडेपछि २०७२ भदौ देखि नगरपालिकाले प्रयोग गर्न गरेको थियो। साझा खारेज भएपछि पुनः निर्माण गरेर नगरपालिकाले प्रयोगमा ल्याएको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.