|

बोस्टन :  संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेशले शान्ति, स्थिरता, दिगो विकास तथा मानवअधिकारका लागि काम गर्नेले नेल्सन मण्डेलाको मार्गमा हिँड्न सबैलाई आह्वान गरेका छन्।

जुलाई १८ मा नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवसका अवसरमा महासचिव गुटरेशले उक्तकुरा बताएका हुन्। गुटेरेशले भने, ‘हाम्रो समयका सबभन्दा प्रेरणादायी र प्रतीकात्मक व्यक्तित्वका रूपमा नेल्सन मण्डेलाले साहस, दया, स्वतन्त्रता, शान्ति एवम् सामाजिक न्यायका लागि संकल्पको उदाहरण प्रस्तुत गर्नुभयो।’

संयुक्त राष्ट्रले नोभेम्बर २००९ मा १८ जुलाईलाई नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने घोषणा गरेको हो। दक्षिण अफ्रिकामा पहिलो निर्वाचित राष्ट्रपति मण्डेलालाई २० औं शताब्दीका नेताका रूपमा चिनिन्छ। मण्डेलाको जन्म सन् १९१८ जुलाई १८ मा भएको थियो।

उनी दुई दशकभन्दा बढी जेल परे। सन् १९९३ मा मन्डेलाले संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार पाए। सन् १९९४ मा दक्षिण अफ्रिकाको राष्ट्रपति निर्वाचित भए। उनको निधन सन् २०१३ डिसेम्बर ५ मा भयो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.