|

इटहरी : नेपाल आदिवासी जनजाति महासंघ १ नम्बर प्रदेश समन्वय समितिले लोकसेवा आयोग र अदालतको निर्णयको विरोधमा साउन ४ गते प्रदेश १ बन्द गर्ने भएको छ। 

संवैधानिक प्रावधान र समानुपातिक समावेशी सिद्धान्तविपरित लोकसेवा आयोगले विज्ञापन आव्हान गरेको भन्दै महासंघ प्रदेश १ ले प्रदेश बन्दको घोषणा गरेको हो।  

लोकसेवाले आदिवासी, जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपांगता भएकालाई दिनुपर्ने ४५ प्रतिशत आरक्षण सुरक्षित गर्नुपर्ने माग राखेको छ।  

लोकसेवा आयोगको असमावेशी विज्ञापनको साउन ३ गते प्रदेशका विभिन्‍न क्षेत्रमा कोणसभा, जनप्रदर्शन र साउन ४ गते प्रदेश एक बन्द गर्ने महासंघ प्रदेश १ का अध्यक्ष ध्रुव सुब्बाले बताए।

४ गते धनकुटामा लोकसेवाको मुख्य परीक्षाको अवसरमा बन्द गरिएको महासंघ सुनसरी अध्यक्ष राम मान्डुपा राईले बताए। आरक्षण बचाउ आन्दोलनको नाममा आन्दोलन हुने महासंघले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.