|

रुकुम : रुकुम पश्चिममा जिल्ला अदालतका मुद्दा भनेकै सम्बन्धविच्छेदकै मुद्दाजस्तो हुन थालेको छ। एक वर्षको अवधिमा अदालतमा दायर हुने मुद्दामा अधिकांश मुद्दाहरु नै सम्बन्धविच्छेदका मुद्दाहरु नै हुने गरेका हुन्।

आर्थिक बर्ष ७५/७६ मा जिल्ला अदालत रुकुम पश्चिममा दर्ता भएका मुद्दाहरुमा पनि सम्बन्धविच्छेदका मुद्दा नै बढी देखिएका छन। अदालतले पत्रकार भेटघाट कार्यक्रममार्फत सार्बजनिक गरेको अघिल्लो आर्थिक बर्षको मुद्दाहरुको लागत, फर्स्योट तथा बाँकीको बिवरणमा २ सय बढी मुद्दाहरु सम्बन्धविच्छेद तथा विवाहसँग सम्बन्धित छन्।

जिल्ला अदालत रुकुम पश्चिम न्यायधीश आत्मदेव जोशीले अदालतमा मुद्दाको संख्या हेर्दा सम्बन्धविच्छेदका मुद्दाहरु नै बढी देखिएको बताए। जसमा बालबिबाह मुख्य कारणको रुपमा रहेको छ भने बैदेशिक रोजगारी र अन्य आर्थिक बिषय पनि सम्बन्धविच्छेदका कारणहरु रहेको उनको भनाइ छ।

अघिल्लो आर्थिक वर्षको मुद्दा दर्ताको अवस्था हेर्दा महिला बादी भएर सम्बन्धविच्छेदको मुद्दा दिने महिलाको संख्या १ सय १७, पुरुष बादीको मुद्दा २७, अंशसहित सम्बन्धविच्छेद ४२ र विवाह दरको १४ वटा मुद्दा परेका छन।

अघिल्लो आर्थिक आवमा दर्ता र जिम्मेबारी सरी आएका ५ सय २९ थान मुद्दा दर्ता भएका छन। जसमध्य जम्मा ३ सय ४० थन मुद्दा फछ्यौट भएका छन भने १ सय १७ थान मुद्दा यस आर्थिक बर्षको लागि जिम्मेबारी सरी आएका आएका छन। यस आर्थिक बर्षमा २ सय ६३ थान मुद्दा दर्ता हुनसक्ने अदालतले अनुमान गरेको छ।

शिक्षा तथा चेतनाको विकास गाउँगाउँमा पुगेसगै अदालतमा मुद्दा दर्ता गर्ने क्रम पनि बढेको जिल्ला अदालत रुकुम पश्चिमका बैतनिक वकिल तथा अधिबबक्ता रचना मल्ल बताउछिन। अदालतमा ४१ प्रकारका मुद्दा अघिल्लो आर्थिक वर्षमा दर्ता भएका छन्। जसमा जबरजस्ती करणीका मुद्दा पनि बढी नै छन्।

अघिल्लो आर्थिक वर्षमा जबरजस्ती करणीका २८ वटा मुद्दा दर्ता भएका छन्। जसमा १९ वटा फैसला भएका छन् भने ९ वटा मुद्दा अझै प्रकृयामा रहेको अदालतले बताएको छ। जबरजस्ती करणको मुद्दा दर्ता गर्ने र पछि सरकारी वकिल कार्यालय मार्फत बयान परिवर्तन गर्ने ३ जना महिला र साँक्षीहरुलाई समेत कारबाही भएको छ। दर्ता भएका मध्य ७ थान बाहेक एक बर्ष पुगेक सबै मुद्दा फछ्यौट भएको अदालतले बताएको छ। त्यसका अनलाईन प्रणाली मार्फत तारेख थाम्ने ब्यवस्था समेत शुरु गरिएको अदालतले बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.