|

चितवन : भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगलागी र तोडफोड गरेका छन्। 

क्याम्पस प्रमुख गोविन्द सापकोटाका अनुसार आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कर्सी, र टेबुल पूर्णरुपमा नष्ट हुनाका साथै कोठामा रहेका दराज, झ्यालका सिसा पनि तोडफोड गरिएको छ। 

बिहान ९ बजे क्याम्पस परिसरमा आएका विद्यार्थीहरुको समूहले आगजनी गरेको हो । आगजनीका कारण भएको क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए। 

आगो विद्यार्थी र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो । यसअघि सहायक क्याम्पस प्रमुखका कार्यकक्षमा विद्यार्थीले लगाएको ताला क्याम्पस प्रशासनले तोडेको थियो । 

त्यस क्रममा अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता मिलन भट्टराईमाथि कुटपिट भएकाले त्यसको विरोधमा भट्टराईका समर्थकहरुले आगजनी र तोडफोड गरेका अनेरास्ववियुका क्याम्पस कमिटीका अध्यक्ष लीलाराम पौडेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.