अव्यवस्थित बसोबास र फोहोरले पीडित राजधानी

|

काठमाडौं : केही दिनको अविरल वर्षाले देशका अधिकांश भागमा क्षति पुर्‍याएको थियो। यता, काठमाडौं महानगरपालिका भित्रका केही भू-भाग पनि डुबानमा परे।

खोलामा फोहोर फाल्दा बस्तीमा बाढी पेसको निष्कर्ष महानगरपालिकाले निकालेको छ। महानगरपालिका भित्रका खोलाहरूमा फोहोर फालिने भएकोले फोहोर एकै ठाउँमा थुप्रिएर खोला बस्तीको सतहसम्म आएको काठमाडौं महानगरपालिकाका विपद व्यवस्थापन विभागका प्रमुख अर्चना श्रेष्ठले बताइन्। खोला स्वतन्त्र रुपमा बग्न नपाउँद बस्तीको सतहमाथि आएर बस्तीमा छिरेको उनको भनाइ छ। 

कलंकी, कुलेश्वर र बल्खु क्षेत्रमा खोला पसेको थियो। महानगरपालिकाको १४ नम्बर वडामा बढी क्षति भएको छ। खोलादेखि आठदेखि दश मिटर परसम्ममा बस्ती बसाल्नुपर्ने नियम छ। खोलाको भितामा सिमेन्टे वाल बनाइएको कारणले पनि खोला बस्तीमा पस्न गएको हुन सक्ने उनले तर्क छ।

महानगरपालिकाले क्षति भएको ठाउँमा क्षतिको तथ्यांक राख्ने काम गरिरहेको श्रेष्ठले बताइन्। 'बाढीले  देखिने गरी क्षति भएको कुलेश्वरमा एरियामा हो। बल्खु खोला पसेर कुलेश्वरको ओरेन्टियल कोलोनीमा क्षति गरेको हो। भुइतलामा सबै पानी छिरेर घरको सामग्रीहरू काम नलाग्ने गरी क्षति भएको छ। चार फिटसम्म पानी जमेर मानिस बस्न नसक्ने भएको थियो', उनले भनिन्।

महानगरको पानीको टयांकी लगेर कोलोनीको बस्तीमा पसेको खोलाको पानी र हिलोलाई सफा गरेको उनले जानकारी दिइन्। तीन दिनसम्म टयांकर लगेर पानी सरसफाइ गर्दासमेत खोलाको हिलो हटाउन नसकेको उनको भनाइ छ। ' भुइतलामा बस्ने मानिसहरू कोही पनि बसेका छैनन्। आफन्तकोमा घरमा गएर बसिरहेको छन्' उनले भनिन्।

महानगरपालिकाले विपद् व्यवस्थापनको लागि २५ लाख छुट्याइएकोछ। महानगरपालिकामा सेवासुविधा लिन आउनेलाई विपद् व्यवस्थापन शुल्क भनेर दिने गरेको महानगर स्रोतले जनाएको छ। 'विपद व्यपस्थापनमा महानगरले छुटयाएको रकम थोरै हो। सरकारका विभिन्न निकायले  सहयोग गर्ने भएकोले यति रकम पर्याप्त हुँदैन' श्रेष्ठले भनिन्।

त्यसैगरी, बल्खु खोलाको आसपासमा क्षति गरेको छ। कुलेश्वरको भित्री भागमा मानवीय क्षति नगरे पनि भौतिक क्षति गरेको काठमाडौं महानगरपालिका वडा नम्बर १४ अध्यक्ष शोभा सापकोटाले बताइन्। उनका अनुसार कोठा भाडामा भुइतलामा बस्नेहरूको क्षति गरेको छ। घरायसी  सामग्रीहरूको बढी क्षति भएको छ।

कोठा भाडामा बस्ने मानिसको धेरै क्षति भएको उनको भनाइ छ। घरबेटीलाई भनेर एक महिनाको भाडा  छुट गर्ने सहमत भएको समेत उनले बताइन। भुइँतलामा बसेकाहरुलाई घरबेटीले खाना ख्वाइरहेको उनले जानकारी दिइन् ।

वडा कार्यालयमा तीन सय घरपरिवारले क्षतिको विवरण दर्ता गरिसकेको उनले दाबी गरिन्। धेरै जसो कोठा भाडामा बस्ने मानिसहरूको क्षति भएको छ। सबैको लागत राख्ने काम जारी रहेको छ' उनले भनिन्,' केहीकेही मानिसहर" ६०-७० लाखको क्षति भन्दै आएको छन्। कारखानाको सबै मेसिनहरू पानीले डुबाएको छ।'

महानगरपालिकाले सरकारी जग्गाको अनुगमन गरेर नक्सा पास गरे खोला बस्तीमा नछिर्ने उनको भनाइ छ। खोलाको आसपासमा भएका जग्गाहरूको नक्सा हेरेर मात्र भवन निर्माण सम्पन्नको अनुमति दिनुपर्ने उनले धारणा राखिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.