|

काठमाडौं : समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले समावेशीताको सिद्धान्तलाई लत्याएर लोकसेवा आयोगले कर्मचारी भर्ना लागेको भन्दै आपत्ति जनाएका छन्। 

लोकसेवा आयोगले स्थानीय तहमा ९ हजार कर्मचारी भर्नाका लागि लिएको विज्ञापनले समावेशीताको सिद्धान्तलाई मिचेको गुनासो गर्दै डा. बाबुरामले यसले नराम्रो गर्ने उल्लेख गरे। 

उनले लोकसेवाको यो शैलीले देशमा अर्को विद्रोहको बीउ रोपिरहेको भन्दै बेलैमा ख्याल गर्न भनेका छ्न। 'समावेशीताको प्रश्न कुनै जाति-समुदायको मात्र मुद्दा नभएर विश्वव्यापी लोकतन्त्रको विकसित मान्यता पनि हो। नेपालको संविधानले स्वीकारेको विषय हो', उनले भनेका छन्, 'विभिन्‍न बहानामा लोक सेवा आयोगमार्फत नौ हजार कर्मचारी भर्नामा जसरी यसलाई मिचिँदैछ, यसले देशमा अर्को विद्रोहको बीउ रोप्दैछ! लातको भूत बातले मान्दैन भनेकै हो त?'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.