|

सल्यान : जिल्लाको दार्मा गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय विगत एक वर्षदेखि विद्यालयको भवन सञ्चालन हुँदै आइरहेको छ। विगतमा भाडामा बस्दै आइरहेको भवन जीर्ण बनेपछि प्रहरी कार्यालय विद्यालयमा सञ्चालन हुँदै आएको हो।

४० जनाको  दरबन्दी रहेको 'क' श्रेणीको इलाका प्रहरी कार्यालयको आफ्नो भवन नभएको र भाडामा लिएको भवनपनि जीर्ण बनेपछि विद्यालयको भवनमा बस्न  बाध्य भएको इलाका प्रहरी कार्यालय दार्माका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए।

उनका अनुसार अहिले इलाका प्रहरी कार्यालय श्री जनज्योति माध्यामिक विद्यालयको ७ कोठे भवनमा सञ्चालन हुँदै आइरहेको छ। भवन जीर्ण हुँदा वर्षाको समयमा छानाबाट पानी  चुहिने, सर्पको खतरा र गर्मीमा जस्तापाता तातिएर बस्न समस्या हुने भएपछि विद्यालयको भवनमा प्रहरी कार्यालय सञ्चालन गरेको उनले बताए।

विद्यालयको भवनमा कार्यालय सारिए पनि जस्तापाता पुराना भएका कारण पानी परेको समयमा चुहिने र घाम लागेको समयमा जस्तापाता तातिएर बस्न नस्कने अवस्था भएको उनको भनाइ छ।

उनले भने ‘पहिले अस्थायी पोष्ट थियो, जसोतसो भाडाको घरमा संचालन गरेका थियौँ, त्यो पनि जीर्ण अवस्थामा थियो  २०७५ सालबाट ईलाका सञ्चालनमा आएपछि विद्यायालयको भवनमा सञ्चालन गर्न बाध्य भएका छौँ।’

विद्यालयको भवनमा पहिले प्रावि संचालनमा आएको भए पनि अहिले अर्को भवनमा सारेपछि पुनः मर्मत गरेर कार्यालय  सञ्चालन गरेको प्रहरी निरीक्षक सिंहले बताए।

जिल्ला समन्वय समिति सल्यान र दार्मा गाउँपालिकाको सिफारिसअनुसार भोकाधिकारका लागि दुई रोपनी जग्गा प्राप्त भए पनि भवनको लागि कसैले चासो नदेखाएकोले समस्या भएको उनको भनाई छ।

इप्रकामा सवारी साधन नहुँदा विकट र दुर्गम क्षेत्रमा रहेका जनतालाई सेवा प्रवाह गर्न पनि कठिनाइ भइरहेको इलाका प्रहरी कार्यालय दार्माले जानकारी दिएको छ।

प्रहरी कार्यालय भवन जीर्ण भएपछि खाली विद्यालयको भवनलाई व्यवस्थापन गरेर कार्यालय सञ्चालन भएको दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले बताए। अहिले भवनलाई मर्मत गरेर चेक पोष्ट, हिरासत कक्ष तथा कार्यालय निर्माण गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.