यस्तो आयो विप्लवको विज्ञप्ति

|
फाइल फोटो

धनगढी : बिहीबार धनगढीमा एकजनाको ज्यान जाने गरी भएको विस्फोटपछि प्रहरीले कैलालीमा 'आइअलर्ट' जारी गरेको छ। अहिले प्रहरी परिचालन बढाइएको छ भने चेकजाचँमा समेत कडाइ गरिएको छ। सुदूरपश्चिम प्रदेशको राजधानीमा समसाँझै भएको विस्फोटले सर्वसाधारणसमेत त्रसित बनेका छन्।

जिल्ला प्रशासन कार्यालय कैलालीले यस्ता गतिविधि गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले गलत क्रियाकलाप गर्नेहरूमाथि कडा कारबाही हुने बताएका छन्। ‘व्यक्ति वा संस्था भन्ने होइन गलत गर्ने जो भए पनि कारबाहीको भागीदार बन्नुपर्छ’, उनले भने।

सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जिल्लाका सुरक्षा निकायहरूलाई चनाखो हुन निर्देशन जारी गरिएको बताए। ‘जिल्ला स्थित सुरक्षा निकायलाई चनाखो रहन निर्देशन दिएका छौँ’ उनले भने,  ‘यस्ता गतिविधि अब नियन्त्रण हुन्छ।’

सम्बन्धित समाचार :

धनगढी विष्फोट : घाइतेमध्ये एकजनाको मृत्यु 

घटनापछि प्रहरीले सुरक्षा व्यवस्था कडा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले पनि जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले चेकजाचलाई समेत कडाइ पारिएको बताए। खाना र नास्ता राख्न प्रयोग हुने टिफिनमा विस्फोटक पदार्थ राखेपछि अहिले प्रहरीले त्यस्ता वस्तुहरूमा पनि कडा चेकजाच गरिरहेको छ।

‘हामीले दूधको गाडीदेखि टिफिनकारीसम्म पनि चेकजाच गरिरहेका छौँ’ प्रहरी नायव उपरीक्षक बस्नेतले भने, ‘त्यस्ता ठाउँमा पनि हातहतियार लुकाएर लैजान सक्ने देखिएको छ, त्यो पनि हामी हेरिरहेका छौँ।’

प्रहरीकै सुरक्षा लापरबाहीले घटना भएको केहीको आरोप छ। प्रदेशको राजधानीमा दिउँसै बिष्पोटक पदार्थ लिएर आउँदा पनि प्रहरी संयक्रले जानकारी पाउन नसकेको भन्दै कहिले प्रहरीको आलोचना गरेका छन्।

घटना भएको २१ घण्टासम्म पनि प्रहरीले त्यो बिष्पोटक पदार्थ कुन प्रयोजनको लागि ल्याइएको थियो भनेर पत्ता लगाउन सकेको छैन। खुला सीमा भएका कारण सहजै बिष्पोटक पदार्थ तथा हातहतियार नेपाल भित्र्याउन सक्ने भन्दै प्रहरीले अहिले निगरानी बढाएको हो।

प्रहरीले कैलालीमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरेको छ। सम्भावित घटना हुन नदिन प्रहरी सक्रियता बढाइएको प्रहरीले जनाएको छ। ‘अब केही दिन सर्वसाधारण नागरिकहरूलाई केही सास्ती हुन सक्छ’ प्रहरी उपरीक्षक बस्नेतले भने ‘नागरिककै सुरक्षाका लागि चेकजाच र निगरानी बढाएका छौँ।’

सम्बन्धित समाचार :

धनगढीमा बम विस्फोट : घटनास्थलबाट हतियार बरामद 
 

टिफिनकारीमा बम लिएर होटेलमा चिया खान बसेका बेला बम विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ। घटनास्थलबाट बरामद गरिएको चाइनिज पेस्तोल माथिसमेत छानबिन भइरहेको प्रहरीको भनाइ छ।

घटनास्थलमा भेटिएको मोटरसाइकलमा प्रयोग गरिएको नम्बर गलत रहेको प्रहरीको भनाइ छ।  घटना स्थलबाट से ७ प ३१४४ नम्बरको मोटर साइकल फेला परेका थियो। ‘यो नम्बरको मोटराइकल अर्को पनि छ' उनले भने, 'घटनामा प्रयोग भएको मोटरसाइकलमा गलत नम्बर प्रयोग गरेको पाइयो।’

मोटसाइकलमै बम ल्याइएको प्रहरीको अनुमान छ। बिष्पोटमा पनि ज्यान गुमाएका रामबहादुर सिंहले नै बम ल्याएको प्रहरीको भनाइ छ। ‘दुईजना मध्ये एक जनाले ल्याएको कुरा पक्का हो’ प्रहरी स्रोतले भन्यो ‘रामबहादुरप्रति हाम्रो बढी आशंक छ।’

सांसदले भने : यो संकेत राम्रो होइन

प्रदेश सभाको बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्य भरत खड्काले प्रदेशको राजधानीमा बम विस्फोट हुनु निन्दनीय भएको बताएका छन्। उनले भने, ‘राजधानीको मुटुमा बम विस्फोटन भएको छ यो निन्दनीय हो।’

सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि धारणा राख्न रोस्टमा पुगेका सांसद खड्काले प्रदेशको राजधानीमा सुरक्षा चुनौतीसमेत बढेको बताए। ‘यसले गर्दा सबैलाई झस्काएको छ’ उनले भने ‘यो संकेत राम्रो होइन। प्रदेश सरकार गम्भीर बनोस्।’

सम्बन्धित समाचार :

धनगढीमा 'टिफिन बम' विस्फोट : पाँचजना घाइते, विप्लव समूहको संलग्नता! 
 

प्रदेशसभा सदस्य खड्काले वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोजिनु पर्ने बताए। ‘अब नेपालीलाई हिंसा होइन शान्ति चाहिएको छ’ उनले भने, 'वार्ताको माध्यमबाट समस्याको समाधान गरेर देशलाई आर्थिक समृद्धि तर्फ लैजानु पर्छ।’

बम बिस्फोटबारे यस्तो छ विप्लवको धारणा

पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ पड्किएको विप्लव समूहले जनाएको छ। विप्लव समूहको सेती–महाकाली ब्युरो इन्चार्जले जारी गरेको विज्ञप्तिमा विस्फोटमा परी उपचारका क्रममा ज्यान गुमाउने रामबहादुर सिंह आफ्नो कार्यकर्ता भएको उल्लेख गरिएको छ।  सिंहको गए राति उपचारका क्रममा माया मेट्रो अस्पतालमै मृत्यु भएको थियो।

उक्त घटनामा घाइते भएका अन्य चारजनाको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। घटनामा परी कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.