|

काठमाडौं : लोकसेवा आयोगको विज्ञापन खारेजीको माग गर्दै शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला दहन गरेको छ।

काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको र्‍याली शहिद गेट, न्यूरोड गेट, भोटाहिटी, असन हुँदै बांगेमुढा पुगेपछि आन्दोलनकारीले मन्त्रीहरूको पुत्ला दहन गरेका थिए। सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भयो।

आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुला प्रतिस्पर्धाबाट पदपूर्तिको विज्ञापन गरेको थियो। उक्त विज्ञापन संविधान, कानुन तथा सामाजिक न्यायको सिद्धान्त प्रतिकूल भएको भन्दै आदिवासी जनजाति र दलित समुदायका अगुवाले विभिन्न संघर्षका कार्यक्रम गर्दै आएका छन्।

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.