|

अमेरिकामा तापक्रम नाटकीय ढंगले बढेको छ। यहाँ बिहीबारदेखि आइतबारसम्म तीन अंकको उच्च तापक्रम मापन गरिने अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

राष्ट्रिय मौसम विभागका अनुसार यहाँ एकासी यहाँ २० देखि ३० डिग्री तापमान बडेको रेकर्ड गरिएको छ। पूर्वी क्षेत्रमा भने तापमान स्थिर रहने अनुमान गरिएको छ। यहाँ रातको समयमा भने केही राहत महसुस हुनेछ। मिडवस्टमा आइतबारदेखि शुक्रकबारसम्म तापक्रम बढ्ने अनुमान गरिएको छ भने इस्ट कोस्टमा शनिबार भीषण गर्मी हुने अनुमान गरिएको छ।

मौसम विभागले उक्त गर्मीलाई 'स्कोर्चिङ' नाम दिएको छ। शनिबार वासिंटन डिसीमा आद्रता र वायुको तापक्रम ११० फरेनाइट पुग्ने अनुमान गरिएको छ। मौसमविद् माइकल भेन्ट्रिकले यसलाई 'खतारानाक गर्मी' बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.