|

तनहुँ : वैदेशिक रोजगारीमा कम्बोडिया पुगेका ६ नेपाली अलपत्र परेका छन्।

क्यासिनोमा आकर्षक तलबमा काम लगाइदिने प्रलोभनमा दलालमार्फत त्यहाँ पुगेका तनहुँ ऋषिङका पाँचसहित ६ जना कम्बोडियामा अलपत्र परेका हुन्। उनीहरू सीमावर्ती सहर सिमरिपका नेपाली मूलको आश्रयमा रहेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

दलालको प्रलोभनमा परेर कम्बोडिया जानेमा ऋषिङ गैह्राथोकका जंगबहादुर थापा, मचदाङका रेशम थापा, चैनपुरका धनबहादुर राना र चालिसेका गोपाल थापासँगै काभ्रेलाञ्चोक महादेवस्थानका विनोद खरेल छन्। प्युठान बरौला ३ घर भई ललितपुर २३ निवासी दुर्गाबहादुर गुरुङको साथमा उनीहरू बैंकक हुँदै असार २५ गते त्यहाँ पुगेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.