|

जुम्ला : छोरा वा छोरी दुवै बराबरी भन्न थालिएको धेरै भयो। तर, भनाइ समाजमा अझै लागु हुन सकेको छैन। जुम्लामा भने अचम्मको प्रचलन छ। यहाँ छोरा जन्मिाए हर्ष बढाइ गर्ने चलन छ।  

गत असार २८ मा पातारासी गाउँपालिका–४ लोर्प गाउँका देवराज रेउले र डिल्ली नेपालीकी श्रीमतीले छोरा जन्माइन्। डिल्लीचौर स्वास्थ्य चौकीमा आधा घण्टाको फरकमा रेउले र नेपालीको छोरा जन्मिएका थिए। दुवैले एका बिहानै श्रीमतीलाई प्रसूतिका लागि स्वास्थ्य चौकी ल्याएका थिए। केही बेरमा छोरा जन्मिएपछि उनीहरुले हर्ष बढाइ सुरु गरे।

श्रीमती शिशु जन्माएर प्रसूति पीडामा थिइन्। तर, गर्भवती बोकेर स्वास्थ्य चौकी आएकाहरुले शिशुका बुवालाई अबिर लगाइदिएर हर्ष बढाइगरिरहेका थिए। यस्तै, खानपिन पनि चल्यो।

छोरा जन्मिए खसी काटेर आफन्तलाई भोज दिने प्रचलन पनि यहाँ रहेका छ। छोरी जन्मेको भए यसरी नै अबिर जात्रा हुन्थ्यो ? भन्ने प्रश्नमा रेउले र नेपालीले भने, ‘अर्का घर जान्या जात जन्म्या यसो काँ हुन्थ्यो।’ उनीहरुको भनाइले समाजमा अझै छोरा र छोरीबीच विभेद रहेका प्रष्ट देखिन्थ्यो।

स्वास्थ्य चौकीकी अनमी केमा लामा रावतका अनुसार छोरी जन्मिए अभिभावकहरुले निन्याउरो मुख लगाउने गर्दछन्। ‘हरेक दम्पतीलाई छोरा अनिवार्य चाहिन्छ। छोराकै लागि भ्रुण जाँच गर्न चाहने धेरै छन्,’ उनले भनिन् ‘छोरीभन्दा छोराको उपचार, स्याहार र रेखदेखमा बढी ख्याल गर्ने गर्छन्।’

छोरी जन्मिएमा सुत्केरीलाई वास्ता गरिँदैन । तर, छोरा जन्माएमा अरुसँग सरसापट गरी मीठोमसिनो खुवाउने चलन छ। गर्भवती बोकेर स्वास्थ्य चौकी आएका लोर्पका जनक बुढाका भन्छन्, ‘छोरी जन्मेमा घरमा दियो समेत बाल्ने चलन छैन ।’

लामो समयदेखि महिला अधिकारका क्षेत्रमा काम गर्दै आएकी महिला अधिकारकर्मी तथा  नेकपाका कर्णाली प्रदेश सदस्य लक्ष्मी बन्या बुढा छोरा र छोरीबीचको विभेद समाजमा अलिखित कानुन रहुन्जेल विभेद अन्त्य नहुने बताउँछिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.