|

हुम्ला : जिल्ला वन डिभिजन कार्यालय हुम्लाको कार्यालयमा एक कर्मचारी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

सर्केगाड गाउँपालिका–२ रिपगाउँस्थिगत स्वाथ्य चौकीमा कार्यरत भुवनेश्वर आचार्य वन कार्यालयको बार्दलीमा घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए। उनका अनुसार आचार्य शुक्रबार राति साढे ९ बजे झुण्डिएको पाइएको हो।

लामो समय हुम्लामा ग्रासका पदमा काम गरेका आचार्य अहेब पद बढुवा भई कार्यरत थिए। उनले हुम्लामै मात्रै २१ वर्ष सेवा गरेका थिए। घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मृतकका आफन्त नआउन्जेलसम्म लाश नठाउने जिल्ला प्रहरी कार्यलय हुम्लाले बताएको छ। घटनाबारे अनुसुन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घर्तीमगरले बताए।

दाङको तत्कालीन ढिकपुर गाविस–६ कमेटुवा स्थायी घर भएका आचार्यको परिवार अहिले कैलालीमा बासोबास गर्दै आएको जिल्ला स्वाथ्य कार्यलयका डा. दुर्गा सुर्खालीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.