सीमित व्यक्तिको स्वार्थले सम्पूर्ण संगीत क्षेत्र बदनाम

|

काठमाडौं : लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत रूपमा साधना गरिरहेको नाम हो सुरज श्रेष्ठ। म्याग्दी स्थायी निवासी रहेका श्रेष्ठको पछिल्लो क्रममा 'जिस्काम्छे मुइयाँले' बोलको गीतमा बजारमा आएको छ। उक्त गीतले उनलाई सकारात्मक सुझाव आइरहेका छन्। केही दिन अघी बजारमा आएको उनको गीतमा अहिलेसम्म ११ लाख जनाले हेरिसकेका छन्। भने १२ सय भन्दा धेरै टिप्पणी गरेका छन्।

वि.स २०६९ सालदेखि अनवरत रूपमा गायनमा लागिरहेका श्रेष्ठको 'मुद्दा हालिदिन्छु', 'पहिलो माया',' एउटा गीत' लगायतका दर्जनौं गीतमा स्वर भरेका छन्। गायनलाई रहरभन्दा पनि कर्मको रूपमा लिने गरेका छन्।  पढ्न भनी काठमाडौं आएका उनी साथीसंगतले सांगीतिक क्षेत्रमा लागेको बताउँछन्। उनी भन्छन्, 'मेरो पुर्खा संगीतमा आबद्ध छैन। तर म चाहिँ यस क्षेत्रमा आबद्ध भएँ। यसलाई संयोग मान्नुपर्छ।'

संगित क्षेत्र पूर्णरूपमा व्यावसायिक नभए पनि उनको सपनामाथि भने परिवारको पूर्णसाथ थियो। उनले पहिलो एल्बम 'सुर हार्मोनियल नोट्स' बजारमा ल्याए। उनको यो एल्बमलाई उनका समकालीन, अग्रज र अनुजले एकदमै सुन्दर प्रतिक्रिया दिए। उनमा पनि संगीतमा आफूले लागेर राम्रो गरिएछ भन्ने लाग्यो। सुरुवाती दिनमा रहरले छिरेको उस क्षेत्रमा लत बस्न थाल्यो।

त्यसपछि सांगीतिक क्षैत्रमा उनले आफ्नो मन वचन कर्म एकीकृत गर्न थाले। काम गर्दै जादाँ कहिले हार त कहिले जित हुन स्वाभाविकै हो। उनका जिन्दगीमा हार जितका कयौं शृंखला नआएका होइनन्। कतिपयले यस क्षेत्रमा लागेर जिन्दगी बर्बाद नगर पनि भने उनलाई। उनी सम्झन्छन्, 'एक जना साथीले त गाइने पेसा गरेर के गर्छस् पनि भनेको थियो।' उनले आफ्नो सपनामाथि धावा बोल्ने त्यो साथीलाई छोडिदिए। तर सपनालाई पछ्याइरहे। उनी हास्दै भन्छन्, 'सपना फेर्न सक्दिनथें साथी फेरिदिएँ।'

यस क्षेत्रमा उनले कैयौं बेथिति देखे भोगेका छन्। नेपाली सांगीतिक क्षेत्रमा समस्याका कैयौँ चाङ भएको स्वीकार्छन्। पछिल्लो क्रममा नेपाली सांगीतिक क्षेत्रको माहोल बिग्रँदै गएको देख्न र भोग्न पाइन्छ। उनी भन्छन्, ' सांगितिक क्षेत्रमा समस्या छन्। धेरै बेथितिहरू मौलाउँदै गएका छन्। यी सबै समस्याको कारण हामी नै हौँ। यसलाई सुधार गर्नुपर्ने जिम्मेवारी पनि हाम्रो काँधमा नै छ।'

कलाकारको रोयल्टी सबैभन्दा धेरै चुनौती रहेको उनले बताए। एउटा सर्जकलाई रोयल्टिका बारेमा स्पष्ट कानुन जरुरी रहेको बताए। कानुन भए पनि कार्यान्वयन नहुनु अर्को समस्या रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.